आइडिया

होसियार ! यस्ता लक्षणहरु देखियो भने कोरोनाभाइरसको सङ्क्रमण हुन सक्छ

[mashshare]

कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्का लाग्नु स्वभाविक भएको डा. समीरमणि दीक्षित बताउँछन्।

तर खोकी लागेको, ज्वरो आएको र छाती दुखेको वा सास फेर्दा असजिलो भएको महसुस भए मात्रै कोरोनाभाइरसको सङ्क्रमण हुन सक्ने उनी बताउँछन्।

“तर त्यसमा पनि पछिल्लो दुई सातामा कुनै पनि सङ्क्रमण देखापरेको देशबाट उक्त मानिस आएको छ वा ती देशबाट आएका मानिसको नजिक पुगेको छ भने मात्रै कोरोनाभाइरसको शङ्का गर्ने हो,” उनले भने।

जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षित पनि मानिसहरू रुघाखोकी लाग्दैमा कोरोनाभाइरसको शङ्का गर्न नहुने बताउँछन्।

“पछिल्लो समय खासगरी बच्चाहरूलाई रुघाखोकी लागेपछि आमाबुवा डराएको देखिन्छ। बच्चामा त कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा एकदमै कम हुन्छ,” दीक्षितले भने।

खासगरी ज्वरो आएको, खोकी लागेको र उमेर ६० नाघेको भए मात्रै जोखिम बढी हुने उनी बताउँछन्।

मौसम परिवर्तन भएसँगै पनि कतिपय मानिसले कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेको हो कि ठान्ने गरेको बताइन्छ।

तर डा. दीक्षित भन्छन्, “पानी पर्‍यो वा मौसम चिसो भयो भनेर डराउनु पर्दैन। चिसो मौसममा भाइरसको सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहन्छ। तर यसलाई हाम्रो सन्दर्भमा हेर्नु आवश्यक छैन। मौसमी रुघाखोकीको समय भएकोले त्यस्तो बेला घरेलु उपचार गर्दा पनि हुन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker