आइडिया

आचार्य चाणक्यको स्त्री निती

वरयेत्कुलजां प्राज्ञो निरूपामपि कन्यकाम्।
रूपवतीं न नीचस्य विवाहः सदृशे कुले ।।१५।।

पन्ध्रौँ श्लोकमा आचार्य चाणक्य भन्छन्– कुरुपा नै किन नहोस् बुद्धिमान् मानिसले राम्रो कुलकी स्त्रीलाई नै रोज्नु पर्दछ । अत्यन्त राम्री भएता पनि नराम्रो कुलकी स्त्री कदापि विवाह नगरोस् । किनकि समान कुलमा मात्र विवाह गर्नु उत्तम मानिन्छ ।

राजनीति, कूटनीति , अर्थनीति, कृषि, समाजनीतिका कुशल ज्ञाता चाणक्यद्वारा लिखित चाणक्य नीति बहुचर्चित छ । चाणक्य नीतिको पहिलो अध्यायमा आचार्य चाणक्यले स्त्रीको बारेमा बताएका छन् ।  

पहिलो अध्यायको पाँचौं श्लोकमा आचार्य चाणक्यले स्त्रीको स्वभावको कुरा गरेका छन् । चाणक्यका अनुसार जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमती रुखो बोली र छुच्चो स्वभावकी हुन्छे त्यो घर नभएर जंगल समानै हो । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ । अर्थात दुष्ट स्त्रीलाई पालन, पोषण,भरण गर्नाले बुद्धिमान् श्रीमानले  दुःख पाउँदछ भने रुखो बोली र छुच्चो स्वभाव भएकी श्रीमती घरमा भए घर जंगल समान हुन्छ । त्यसैले चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् ।

चाणक्य नीतिको पहिलो अध्यायको छैठौँ श्लोकमा आचार्य चाणक्य भन्छन्–  दुष्ट स्वभाव भएकी आफ्नी स्त्री, मूर्ख मित्र, मालिकसँग मुखमुखै लाग्ने सेवक र सर्प भएको घरमा वास यी सबै मृत्यु समान हुन्छन् । यिनमा कुनै सन्देह छैन । 

स्त्रीणां द्विगुण अहारो लज्जा चापि चतुर्गुणा।
साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः ।।१८।।

पुरुषहरुको तुलनामा स्त्रीहरुको भोजन दुईगुना, लाज चारगुणा, साहस छ गुना, काम–वासना आठगुना बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker