आइडिया

आफ्नो प्रेमीको लागी प्रेम पत्र कसरि लेख्ने ?

वालकृण लम्साल :
जमाना बदलिसकेको छ । सदियौँ पहिलाका प्रेम कथा पढेर जिवन र प्रेमको अर्थ खोज्नेहरुको लागी अहिले सामाजीक सञ्जाल र म्यासेज बक्सले प्रेमलाई फिका फिका बनाइरहेको अनुभव गराइरहेको भान हुन्छ । जति धेरै प्रविधिको विकास हुँदै गयो त्यति नै धेरै प्रेम प्रतिका मानविय धारणाहरु बदलिरहेका छन् ।प्रत्येक ब्यक्तिका प्रेम र जीवन प्रतिका फरक फरक धारंणाहरु हुन्छन् । कतिका जीवनका सुखद अनुभव हुन्छन् त कतिमा दुखद अनुभव हुन्छन् । यी सवैलाई अभिव्यक्त गर्ने माध्यम भनेकै प्रेम पत्र हो । अहिलेको च्याटबक्सले प्रेम पत्रको गहिराईलाई छुन सक्दैन । जव शि्शु जन्मन्छ जन्मदै उसले प्रेम र घ्रिणा दुई मानविय सम्बेदनाहरु लिएर जन्मिएको हुन्छ । र यो पनि एकिनका साथ भन्न सकिन्छ, जवसम्म मानव जीवन रहन्छ तवसम्म यी दुई मानविय सम्बेदनाहरु रहिनै रहन्छन् । यि सम्बेनालाई मर्मस्पर्शि तरिकाले अभिव्यक्त केवल प्रेम पत्रमा मात्र अभिव्यक्त गर्न सकिन्छ । नजिकीँदो भ्यालेनटाईन डे मा तपाई आफ्नो प्रेमी/प्रेमीकाको लाई आफ्नो प्रेम अभिव्यक्त गर्न चाहानुहुन्छ । तर डर लागीरहेको छ भने हामी तपाईलाई सजीलो आईडिया दिन्छौ । जसले तपाईको प्रेम सफल हुने शुनिश्चित छ । जसकालागी तपाईले प्रेम पत्र लेख्न अबश्य जान्नु पर्ने छ ।

कसरि लेख्ने प्रेम पत्र ?

#सर्वप्रथम तपाईको प्रेमी/प्रेमिकको बिशेष क्षण याद गर्नुहोस्।
# त्यसपश्चात मायालु तरिकाको नामवाट सम्बोधन गर्नुहोस्
# प्रेमीको असल बानि र हाउभाउको बर्णन गर्नुहोस् ।
# तपाइले गर्ने प्रेम र घटना प्रतिको साँचो बर्णन गर्नुहोस् ।
#जीवनका बारेमा केहि दार्शनिक सच्चाई लेख्नुहोस् । जसको कारण तपाईको प्रेमी/प्रेमीका तपाईमाथी भरोसा गर्न बाध्य होउन् ।
#अन्त्यमा आफ्नो परिचय मायालु तरिकाले लेख्नुहोस् ।

आउनुहोस् आज हामी केहि प्रेम पत्रहरु पढौ जसले गर्दा तपाइलाई आफ्नो प्रेमी संग आफ्ना कुराहरु पत्र मार्फत राख्न सजीलो होस् ।

प्रिय  ६ नं. टेबल !

तिम्रो चस्माको फ्रेमभित्रका चिम्सा आँखाले मलाई नियालेझैँ लाग्छ बेलाबेला। म पनि नजानिँदो तरिकाले मुन्टो हल्लाई कानपछाडि सिउरिएको कपाल अनुहारमा पोखाउने प्रयत्न गर्छु, मेरो लाजको घुम्टो।

ठ्याक्क तिमीतिर नियाल्ने हिम्मत आउँदैन आजकल। लामो सास फेर्छु अनि एक, दुई, तीन, चार, पाँच… मलाई थाहा छ, तिमीसँग पनि मलाई पाँच सेकेन्डभन्दा बेसी नियाल्ने हिम्मत छैन। तिमी आँखा घुमाइसक्छौ। आफ्नै दुनियाँमा मग्न भइसक्छौ र अब मेरो पालो तिमीलाई नियाल्ने।

तिम्रो आफ्नो सानो संसार छ। किताबका पाना र दर्शनशास्त्रसम्बन्धी लेखले बनेको। तिमी इन्ट्रोभर्ट, ल्यापटपअगाडि मौन बसी पढिरहन्छौ। र, म ठ्याक्क तिम्रोभन्दा अगाडिको ७ नं. टेबलमा बसी किताबपछाडि लुकेर तिम्रा अनुहारका भाव पढिरहन्छु।

आँखीभुइँ उठाई, नाक खुम्च्याई, हातले टाउको अड्याई तिमी कुनै लेखकका विचारसँग जुधिरहेथ्यौ हिजो। अनि म चाहिँ बिनासित्ति त्यसलाई सरापिरहेथेँ। ‘हिजोकै लेखक ठीक थियो’– सायद उसका विचारको सहमतिमा तिमी अनायासै मुस्काएका थियौ।

तिमीलाई लाइब्रेरीमा देख्न थालेको धेरै भयो। पहिला अाँखा जुध्थे, मुस्कान साटिन्थे, बेलाबखत किताब नि साटिन्थे। तर, बिस्तारै आँखा जुधाइसँगै ‘रमाइलो अप्ठ्यारो’ साटिन थालेझैँ लाग्छ। सुन न ! साँच्चै साटिएकै हो कि केवल एकतर्फी भाव हो यो, रमाइलो अप्ठ्यारो ?

सीधै सोधिहाल्ने हिम्मत छैन। कोसिस पनि नगरेको होइन, तिमीसँग बोल्न। साथीसँग झगडा गरी–गरी क्यान्टिनको लाइनमा कि त तिमीअगाडि कि त पछाडि पर्थें म। तर, तिम्रो अगाडि हँुदा तिमीले साथीभाइसँग गरेका कुरामा लट्ठ पर्दै पछाडि फर्किन बिर्सन्थेँ र तिमी अगाडि परेको दिन तिमीले रोजेका परिकारको हेक्का राख्दाराख्दै तिमी भीडमा हराइसकेका हुन्थ्यौ। राजमाको तरकारी भएको दिन ठूलो कचौरा रोज्थ्यौ। खिर पाकेको दिन सिर्फ आलुको सब्जीले टाथ्र्यौ। अब त अनुहारका भावजस्तै खान्कीका चाहमेत  अनुमान गर्न सक्ने भइसकेकी थिएँ।

मैले जानीबुझी तिमीमाथि नजर राख्न खोजेकी छैन, तर कलेजको भीडमा तिम्रो खैरो ब्यागले परैबाट मेरो नजर खिचिदिन्छ। लाइब्रेरी अगाडिको सुकेसको तेस्रो लेभलबाट तिम्रा काला कन्भर्सले चिच्याएर भनिरहन्छन्,  ‘म लाइब्रेरीमा छु है, भित्र आऊ।’ क्यान्टिनको घडीले पनि त २ बजेपछि ‘पर्खी, उसको खाजा खाने बेला भयो’ भनिरहन्छ।

अस्ति पनि म जानीबुझी गएर तिमी एक्लै बसेर खाजा खाने टेबलमा बसेकी थिइनँ। २ नै नबजी तिमी आयौ त मेरो के दोष ?

तिमीलाई आफ्नो एकान्त संसारमा अरू कसैले हस्तक्षेप गरेकाले रिस उठ्यो होला र जबर्जस्ती मुस्कुराउँदै आएर छेउमा बस्यौ। मलाई पनि रिस उठेथ्यो, आफ्ना संवेगहरूप्रति, जसले मलाई जुरुक्क उठेर हिँड्नबाट रोकेथे, मानौँ, खुट्टा पक्रेर राख्न चाहन्थे त्यहीँ, तिमीसँगै।

अनि अझ रिस उठ्यो त्यो संवेगप्रति, जो तिमीसँग बोल्न चाहन्थ्यो र मलाई भनायो– ‘अस्ति माइकल फुको पढ्दै हुनुहुन्थ्यो तपाईं। वस्तु र भावमा कुन महŒवपूर्ण ठान्नुहुन्छ ?’ …आफ्नै शब्दबाट स्तब्ध थिएँ म, जब तिमीले उल्टै प्रश्न गरेथ्यौ– ‘तिमीलाई के लाग्छ ?’

अनि फेरि तिमी नै बोल्यौ, बोलिरह्यौ। म पनि बोलेथेँ बेलाबेला। इतिहासका गफ भए, साहित्यका गफ भए, भावनाका गफ भए तर तिम्रा अनुहारका बदलिँदा रङ र हाउभाउबाहेक मलाई खासै केही याद छैन।

अब त अर्को दिनबाट हिम्मतै भएन, साढे एकै बजेको भए पनि तिम्रो टेबलमा गई बसिदिन र पाँच सेकेन्ड नपर्खी तिमीतिर हेरिदिन।

आज बढो हिम्मतसाथ यी शब्द कोर्दै छु। थाहा छैन, तिमीसम्म पुर्‍याउने हिम्मत जुटाउन सक्छु कि सक्दिन ? यदि जुटाइहालेछु भने, यी शब्दले अरू लेखकका विचारझैँ तिम्रा अनुहारका हाउभाउमा राज गर्न पाएछन् भने, अर्को पटक लाइब्रेरीमा मलाई पाँच सेकेन्डभन्दा बढी नियाल्ने हिम्मत गर है ! अनि त्यो दिन क्यान्टिनको तिम्रो टेबलमा बसी तिम्रा अनुहारका रङसँगै विचारका रङ पनि पढ्ने प्रयत्न गर्नेछु।

उही तिम्री
७ नं. टेबल।

Bijaya Laxmi Nepal <[email protected]>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker