विचार/ब्लगविशेष

मार्क्सको द्वन्दात्मक भौतिकवाद र नेपालको कम्युनिष्ट आन्दोलन

कार्ल मार्क्सको साम्यावादको दार्शनिक आधार बिन्दु द्वन्दात्मक भौतिकवादलाई मान्ने गरिएको छ । नेपालका मार्क्सबादीहरुको राजनैतिक धारणाको विकासमा पनि यो बिचारले ठुलो प्रभाव पारेको पाईन्छ । यो दार्शनको शुरुबातमा युनानिहरुको को विचारमा धारामा आधारित थियो । यदि सत्यको खोजी गर्ने हो भने कुनैपनि समस्यालाई लिएर छलफल गर्ने हो भने मात्र सम्भब हुन्छ । भन्ने उनिहरुको बिचार थियो । मार्क्सले यो दर्शनको  ब्याख्या गर्नु पुर्व प्लेटो र शुकरातले  पनि युनानिहरुको यो विचारको साहयता लिएका थिए । त्यस पश्चात जर्मन दार्शनिक हिगलले पनि यो बिचारलाई आत्मसाथ गरेको पाईन्छ । हिगल पछि मार्क्सले सन् १८४४-१८४८को बिचमा द्वन्दात्मक भौतिकवादको ग्रन्थ लेखेको पाईन्छ जसमा “समाजको विकास दुई बिरोधि तत्वहरुको संघर्षबाट मात्र सम्भव हुने” विचारधाराको ब्याख्या गरेक थिए ।

नेपालामा द्वन्दात्मक भौतिकवादको विचारको प्रयोग नेपालको कम्युनिष्ट आन्दोलनको जग देखिनै शुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै विवादका बीच भएको थियो। २००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा पुष्पलाल नै थिए। उनले मार्क्सवादको अध्ययन र प्रचारमा लागेका ‘मित्रहरु’लाई नजर अन्दाज गरेर पार्टी खोलेका थिए। एकै बर्ग एकै भैतिक साधानका लागी आन्तरिक द्वन्दको दलदलमा फसेको नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तीलाई केन्द्रबिन्दु मानेको पाईन्छ ।

नेपाली समाजको आधार र राष्ट्रिय स्वाधीनताले विश्व परिवेशमा पृथक महत्व राख्दछ । जहाँ कुनैपनि भौतिक पदार्थको प्राप्ती र उपयोगमा अनेक प्रकारको द्वन्द श्रृजना भएको छ त्यो द्वन्दले एक प्रकारको लोकतान्त्रिक तरंग मात्र पैदा गरेको छ ।  नेपाली समाजको विकासको क्रमलाइ भौतिकबादि दृष्टिकोणबाट हेर्ने हो भने पनि  नेपालको कम्युनिष्ट आन्दोलन शुरुवातको चरणमा नै देखिन्छ । २००६ साल देखि हालसम्मको  कम्युनिष्टहरुको टुट फुट र धुर्विकरणको ईतिहाँस हेर्ने हो भने पनि यो एकै वर्ग विचको आन्तरिक द्वन्दको रुपमा लिन सकिन्छ ।

समाजका समान तत्वबाट समान पदार्थको प्राप्ति र उपयोगको लागी जुन संघर्षको विकास भएको छ । यहि प्रकृयाबाट समाजवाद आउन सक्दैन । यो त केवल पँजीवादि राज्यव्यवस्थाको बाटो मात्र हो । यसको अर्थ यो पनि हो कि नेपालको कम्युनिष्ट आन्दोलनमा पुँजीबादको अवशेष बाँकिनै रहेको छ ।  यो ७ दसक लामो कम्युनिष्ट आन्दोलनले राजतन्त्र (monarchy system) लाई हटाउन मात्र सकेको हो त्यसका कयौ अवशेष हरु अझै व्याप्त रहेका छन् भन्ने देखाउँछ ।

अहिलेको नेकपा भित्र चुलिएको बिबादलाई मार्क्सको द्वन्दात्मक भौतिकवादमा आधारित रहेर हेर्ने हो भनेपनि यसलाइ स्वभाविक रुपमा रहेको पाउन सकिन्छ । यस्ता द्वन्द हरु कहिले आन्तरिक त कहिले बाह्य रुपमा भै नै रहन्छन् । यसलाई छलफलवाट नै समाप्त पार्दै विस्तारै नेपालको कम्युनिष्ट आन्दोलन समाजबादि दिशमा अगाडि बढ्छ । यसका लाई लामो समय लाग्न सक्छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker