गीत संगीतसमाचार

सुन्दर खनाल ले ल्याए अरबपती बाउको एक्लो छोरा

काठमाडौं। सांगीतीक संसारमा नयाँ नयाँ अनुहार को  प्रवेश हुने क्रम पछिल्लो समय  ह्वात्तै बढेको  छ  । यसै बिच नभप्रतीभा सुन्दर खनाल ले अरबपती बाउको एक्लो छोरा बोलको गीत बजारमा ल्याएका  छन्।

भावना म्युजिक सोलुसन को  अफिसीयल युट्युब च्यानल बाट सार्वजानिक गरीएको यस गीत मा  शब्द मेग्जन कठायत ,स्वर संगीत सुन्दर खनाल को रहेको छ  भने अडीयो भवना म्युजिक सोलुसन को रहेको छ ।

गीतको भिडीयो मा  टिकटक बाट चर्चामा  आएका मोडल बिनोद बस्नेत ,मनिषा यादब थापा, आर. सि. गोर्खाली, सुजन घिमीरे र  सोमराज तामाङ ले अभिनयगरेका छन्। अनिल शाहीले निर्देशन गरेको यो  भिडीयो नरेश ऐरले छायंकन गरेका  हुन्।

राजेश कुमारले  सम्पादन गरेको  यो भिडीयो को  पोस्ट प्रोडक्सन प्रेम मुभिज ले गरेको हो भने यस गीतको संपुर्ण डिजिटल अधिकार  भावना म्युजिक सोलुसन मा रहेको छ  ।

यो गीत सार्वजानिक भएपछि संचारकर्मी हरु संग कुरा कानी गर्ने क्रममा नव उदयिमान गायक सुन्दर खनालले आफ्नो यो पहिलो प्रयासभएकोले केहि कमजोरी भए औल्याईदिन  आग्रहगर्दै दर्शक श्रोतानै आफ्नो गीतको न्यायमुर्ती भएको  ले  यो गीतमा  आउने प्रतीकृया अनुसार आफु अगाडी बढ्ने बताए।

यो गीत तयार पार्दासम्म  सहयोग गर्ने सबै सहयोगी मन हरुलाई हार्दीक आभार ब्यक्त गर्दै  एकपल्ट यो गीत सुनेर र  भिडीयो हेरेर प्रतीकृया दिन उनले आम दर्शक  श्रोता लाई अनुरोध समेत गरेका छन्।

भिडीयो हेर्न तल क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker