समाचार

सुनको भाउ बढ्यो, कति छ तोलाको ?

काठमाडौं ।
नेपाली बजारमा सुन र चाँदी भाउ बढेको छ। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महांघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

वुधवार छापावाला सुन प्रतितोला ८६ हजार २ सय रुपिैयाँ र तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।त्यसैगरी, चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा निधारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker