राजनीतिविशेष

म एकपटक फेरि क्रान्तिमा जान्छु प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशिएका पूर्व जनमुक्ति सेनाले फेरि आफूलाई साथ दिने भएको बताउनु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा  भएको मओवादि केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले आफूलाई भर्च्युल मिटिङमा प्रचण्ड हाम्रो नेता हो फेरि लड्न, मर्न परे आफूहरू आउने कुरा वैदेशिक रोजगारीमा खाडी मुलुक गएका पूर्व जनमुक्ति सेनाले भनेको बताउनु भयो ।

सो कार्यक्रममा उहाँले नयाँ साथी बनाउ तर पुराना साथीलाई नछोड भन्ने अँग्रेजी गीतलाई सम्झदै नयाँ साथीलाई चाँदि र पुराना साथी सुन हुन् भन्ने कुरालाई ब्याख्या गर्दै  केपि प्रबृतीको बिरोधमा अगाडि बढ्ने बताउनु भएको छ ।

प्रतिकृया बादिहरुले फेरि देशलाई बर्बाद पार्न लागेको भन्दै उँहाले फेरि नयाँ तरिकाबाट जीत हासिल गर्न लाग्नु पर्ने पनि बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker