फरक संसारविशेष

पोलियोले अपाङ्गता भएका गोबिन्द सगरमाथा आरोहण गर्दै : सहासिक यात्रा

काठमाडौँ ।
यहि चैत दोश्रो साता जन्मदै पोलियो रोगी गोबिन्द प्रसाद देबकोटा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्दै छन् । विश्व किर्तिमान राख्न पोलियो रोगी एक अपाङ्गता भएका व्यक्तिका तर्फबाट पहिलोपल्ट हुनलागेको सगरमाथा आरोहणको साहसी अभियानलाइ सफल पार्न आर्थिक अभाब भएको उनले बताए । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै देबकोटाले भने ” सबैतिरबाट आशा देखाईयो सहयोग भएन “। गर्भमै पोलियो रोगी भै जन्मिएका ४७ बर्षीय गोबिन्द प्रशाद देवकोटासंग जीवन संघर्षका कथा झैं लाग्ने यथार्थहरु उमेर भन्दा धेरै छन्।

उनि ११ बर्ष सम्म हिडडुल गर्न समेत सक्थे । बाल्याबस्था पार भै सकेपछि मुस्किलले भएको पोलियोको उपचारले शारीरिक अपाङ्गता निक्कै कम त भयो तर पूर्णरूपमा हटेन जो भोगीरहनु परेको छ , अहिले पनि । ‘मनमा साहस भयो भने संसार जित्न सकिन्छ’ , ‘असम्भव भन्ने हुदैन’ भने झैं गोविन्द देवकोटाले ६००० मिटर भन्दा अग्ला केहि हिमालको सफल आरोहण गरिसके छन् । अब यहि चैत महिनामा विश्वको सबैभन्दा अग्लो शिखर शगरमाथा आरोहणमा निस्कने तयारीले देवकोटाको दैनिकी अचेल ज्यादै व्यस्त भएको छ । शगरमाथा आरोहणका अरू सबै तयारी भए पनि उनलाई पैसाले रोक्ने हो की भन्ने डर छ। उनलाई लैजाने कम्पनीलाइ ६७ लाख र अरू आवश्यक भौतिक समान किन्न ५/७ लाख गरी कुल चाहिने ७५ लाख जती मध्ये उनिसंग २५/२६ लाख को मात्र जोहो छ। बाँकी पैसा सहयोगकालागी सबैसंग देवकोटाले अनुरोध गरेका छन् । आफुले सकेको आर्थिक सहयोग गर्न चाहनुहुनेले गोविन्द प्रसाद देवकोटाको प्राइम बैंकमा रहेको खाता नम्बर ००७०३६६४ PD मा नगद जम्मा गरिदिनुहुन उनले आग्रह गरेका छन् । जन्मजात पोलियो रोगीको तर्फबाट हुन लागेको शगरमाथा आरोहणको यो साहसी अभियान सफल बनाउन हामी सबैले सक्दो सहयोग गरौँ । थप जानाकरीकालागी :- गोविन्द प्रशाद देवकोटा फोन : ९८६३२२१०५० र ९८६३४६०५६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker