प्रदेश नं. १समाचार

एकै कक्षामा अध्ययनरत दुई छात्राले एक हप्ताको अवधिमा गरे आत्महत्या

इटहरी : झापाको एक विद्यालयका दुई छात्राले एक हप्ताको अवधिमा आत्महत्या गरेका छन् ।

झापाको विर्तामोड नगरपालिका ५ मा रहेको देवी माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत दुई छात्राले एक हप्ताको अवधिमा आत्महत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यका अनुसार एक हप्ताको अवधिमा कक्षा ११ मा अध्ययनरत टेरिसा न्यौपाने र अञ्जली गुरुङले आत्महत्या गरेका हुन् ।

न्यौपाने र गुरुङ एकै कक्षाका मिल्ने साथी हुन् । उनीहरुले के कारणले आत्महत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker