कर्णालीविशेष

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार सुर्खेतको बिरेन्द्रमा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर साहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

योसंगै कर्णाली प्रदेश सरकार संकटमा परेको छ । बुधबार एमालेको संसदीय दलको बैठकमा माधव कुमार नेपाल समूहका संसद भने अनुपस्थित भएका छन् । बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker