प्रदेश नं. १

होटल गरिमामा आगलागी

इटहरी
इटहरी २ मा निर्माणाधिन ५ तारे होटल गरिमामा आगलागी भएको छ ।

वैशाखमा उद्घाटन गर्ने कार्यक्रम रहेको होटलमा आगो लागेको हो । होटलको इन्टेरियर डेकोरेशनका सामान ल्याएको कार्टुनमा काम गर्ने क्रममा आगो सल्किएको हो ।

इटहरी उपमहानगर पालिकाको दमकल र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगोलागीबाट कुनै ठूलो क्षति नभएको होटल व्यवस्थापन स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker