राजनीतिहेडलाईन

नेकपा एमालेको संसदिय दलको बैठकमा विधान संसोधन, उपाध्यक्ष वामदेव गौतम पनि सहभागी

काठमाडौं ।
आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले नेकापा एमालेको बिधान२०७२ लाई समय सापेक्ष बनाउन भन्दै विधान संशोधन प्रस्ताव पास गरेको छ । ओली निकट मानिएको सो वैठकले आज नै केन्द्रिय कमिटिको बैठक बसि केन्द्रीय समिति बाट अनुमोदन गर्ने तयारि गरेको छ ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् भने नेपाल- खनाल समूह भने अनुपस्थित छन्।

आजको बिधान संसोधनमा सांसदहरु खिम लाल भट्टराई, बिन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना के सी, भानुभक्त ढकाल लगाएत १० जनाले आफ्नो धारणा राखेका थिए भने उपाध्यक्ष बामदेब गौतमले राजनीतिक घटनाक्रमका साथै बिधान संशोधनको बिषयमा आफ्नो धारणा राखेका थिए ।

अर्कोतिर माधव नेपाल पक्षका ३८ जना संसदहरु भने सो बैठकमा उपस्थित भएका थिएन् । उनिहरुले आफ्नो असहमति संसदिय दलको नेतालाई बुझाएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker