स्वास्थ्यहेडलाईन

पुनः कोरोनाको संक्रमण तीव्र

काठमाडौं ।
छिमेकि देश भारतमा संक्रमण तीव्र फैलिएपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र काम नगर्न आग्रह गरेको छ । 

नाकाबाट सरदर ३ देखि ५ सय मानिसहरु नेपाल भित्रिरहेका छन् । खुल्ला सीमाका कारण हुने आवतजावतले नेपालमा पनि सङ्क्रमण बढ्ने जोखिम बढेको जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीको भनाइ छ ।

२ दिन यता नेपालमा कोरोनाका सङ्क्रमित लगातार बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ९ दिन अघि ३ हजार ३ सय ११ जनामा पिसिआर परीक्षण गर्दा ७९ जनामा कोरोना देखिएको थियो । हिजो ४ हजार ३२ जनामा गरिएको परिक्षणमा १ सय ८८ जनामा सङ्क्रमण देखिएको छ ।

नेपालमा हाल सम्म २ लाख ७६ हजार २ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस मध्ये २ लाख ७२ हजार ९७ जना स्वस्थ भइसकेका छन् । कोरोनाका कारण हालसम्म नेपालमा ३ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker