राजनीति

चार जना नेकपा एमालेका नेताले दिए स्पष्टीकरणको जवाफ,

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपाल सहित चार जना नेकपा एमालेका नेताले आफूलाई सोधिएको स्पष्टीकरणको जबाफ बिहीबार बुझाउँदै प्रधानमन्त्री केपी ओलीलाई ‘कारबाही गर्ने प्रकृतिका विधान विपरीतका कामबारे’ स्पष्ट गर्न जबाफ माग गरेका छन्।

पूर्व प्रधानमन्त्री नेपाल, उपाध्यक्ष भीम रावल, सांसद सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसालले अलग अलग रूपमा अध्यक्ष ओलीलाई सम्बोधन गर्दै पत्राचार गरेका छन्।

पत्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीको नवौँ महाधिवेशनले पा्रित गरेको विधानका विभिन्न धाराहरू मिचेको उल्लेख गरिएको नेता भीम रावलले बताए।

नेपाल सहितका नेताहरूले पठाएको पत्रबारे प्रधानमन्त्री ओली पक्षका नेताहरूले यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।बिबिसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker