विशेष

पूर्व मन्त्री नविन्द्रराज जोशीको निधन

मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पताल जनाएको छ ।

नेपाली कांग्रेसका युबा नेता नविन्द्र राज जोशिको स्वास्थ लाभको कामनामा देश र दुनिया जुटिरहेको समयमा अचानक अल्पायु र असामयिक रुपमा निधन भएको छ ।

‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’ नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

नबिन्द्र राज जोशिको मृत्युले प्रजातन्त्र, परिवर्तन र बिकासको लागि सपर्पित एक अथक योद्धा गुमाएको छ । २०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका जोशीले उद्योग मन्त्रीको पद समेत सम्हाल्नु भएको थियो ।

नेपाली कंग्रेसका नेता शेरवहादुर देउवाले उहाँ प्रति हार्दिक श्रद्ञ्जली व्यक्त गर्नु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker