विशेष

आज फागु पूर्णिमा : हिमाली तथा पहाडी क्षेत्रमा उल्लासका साथ होली पर्व मनाइँदै


काठमाडौं। फागुन शुक्ल पुर्णिमा दिन मनाईने होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा उल्लासका साथ एकआपसमा रंग खेलेर मनाइँदैछ । त्यस्तै, भोली नेपालको तराई क्षेत्रमा होली पर्व मनाइने गरिन्छ ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिन फागु पर्व आज परम्परागत रूपमा विभिन्न रंग एवम् लोला खेलेर मनाउने प्राचीन परम्परा छ । तथापी, अहिले होली पर्व मनाउने नाममा केही अनैतीक र अभद्र व्यबहार गरेको देखिन्छ । होली पर्वलाई मर्यादित बनाउन प्रशासन र प्रहरीको सक्रियता पनि त्यतिकै रहेको पाईन्छ । प्रहरी प्रशासनको सकृयताको कारण पछिल्ला वर्षको तुलनामा केही वर्ष यता त्यस्ता गतिबिधिमा केही सुधार आएको देखिन्छ ।

विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रंग प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घरमै बसेर परिवारको बिचमा मात्र होली मनाउन पनि अनुरोध गरेको छ । विशेषगरी युवतीहरु लाई लक्षित गरी लोलामा पानी भरेर हप्तादिन अघिबाटै छ्यापेर बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको काभ्रे घर भएकी निजी कामले आउँदै गरेकी बिपना रेग्मीले बताउनुभयो ।


काठमाडौँको वसन्तपुरका मनिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगेर जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।


सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ होली पर्व ब्यबस्थित साथ मनाउन सके साच्चै यो पर्वको महिना झनै बढ्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker