राजनीतिहेडलाईन

ओलीबिरुद्ध देशव्यापी उत्रिन कार्यकर्तालाई नेपालको आह्वान

काठमाडौं ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

नेता नेपालले ओली आफैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने उनले बताए ।

ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेता नेपालले जनाए । संगठनलाई शसक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै उनले त्यसका लागि नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

यसैबीच अर्का नेता रावलले ओलीको कारबाहीलाई ‘निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जाजमार्फत कारबाही खारेजीको मागसमेत गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker