
सरकारले चैत २५ गतेदेखि काठमाण्डूका तोकिएका अस्पतालहरूबाट चिनियाँ खोप लगाउने प्रबन्ध मिलाइएको बताएको छ।
नेपालले हालै चीनले अनुदानमा दिएको ८ लाख मात्राको सिनोफार्म खोप बेइजीङ्बाट ल्याएको थियो।
औषधि व्यवस्था विभागले सो खोपलाई फागुन ४ गते आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।
कसलाई लगाइन्छ चिनियाँ खोप?
“चीनबाट प्राप्त भेरोसेल खोप काठमाण्डूका तोकिएका अस्पतालहरूबाट दिने प्रबन्ध मिलाइएको छ। अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्नेछन्,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। बिबिसि