मुख्य समाचार

रातो सुर्यमा नहेर्न बिज्ञको शुझााव

केही दिनदेखि काठमाण्डू उपत्यकासहित नेपालका धेरै भागमा तुवाँलो लागेको छ। डढेलोका कारण वायु प्रदूषण बढेको र तुवाँलो लागेको हुँदा जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने विज्ञहरूले बताएका छन्।

धेरै मानिसले आँखा र नाक पोलेको तथा सास फेर्दा समस्या भएको गुनासो गरेका छन्। तर कतिपय मानिसले भने चन्द्रमा र सूर्य पनि रातो देखिएकाले सोझै हेर्ने वा तस्बिर खिच्ने गरिरहेका छन्।

प्रदूषणका कारण हावामा सूक्ष्म कणहरू भएकाले सूर्य र चन्द्रमा रङ्गीन देखिएका हुन्। तर त्यसरी सूर्य हेर्दा आँखा बिग्रिन तथा दृष्टि पूरै गुम्न पनि सक्ने चिकित्सकहरू बताउँछन्।

घाम र प्रदूषणबाट अहिलेको अवस्थामा आँखालाई बचाउन हेलमेट सन ग्लासेज हरु लगाउनु पर्ने नेत्र शल्यचिकित्सक डा. किशोरराज प्रधानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker