समाजहेडलाईन

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रलायको सिफारिस

काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि मन्त्रालयले लकडाउन गर्नुपर्ने स्थिति आउँन नदिन यस्तो सिफारिस गरेको हो ।  

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढ्न थालेको छ । गत वर्षको चैत महिना देखि लकडाउनसंगै बन्द भएका विद्यालय पछिल्लो माघ महिना देखि भौतिक रुपमा संचालनमा आएका थिए ।

तर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले फेरि विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो । पछिल्लो समय छिमेकि मुलुकमा कोरोना संक्रमित बढ्न थालेपछि भारतले विभिन्न प्रान्तमा लकडाउन गर्न थालिसकेको छ ।

यसअघि बुधबार मन्त्रालयले रात्रीकालिन व्यापार तथा व्यवसाय राति ९ बजे पछि बन्द गर्न निर्देशन दिइसकेको छ । मन्त्रलायले कोरोनाभाइरसबाट बच्न भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button