अन्तर्राष्ट्रियसमाचार

दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

दिल्ली । 
भारतको राजधानी दिल्लीका सबै विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि दिल्ली प्रदेश सरकारले सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

’केहि दिनदेखि कोरोना संक्रमणको अवस्था हेरेर अर्को सूचना नआएसम्मका लागि प्रदेशका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत् भने।

भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। दिल्लीमा बिहीबारमात्र ७ हजार ४ सय ३७ कोभिड संक्रमित भेटिएका थिए, जुन अहिलेसम्मको सो राज्यमा एकैदिन भेटिएको सबैभन्दा ठूलो संख्या हो। हालसम्म दिल्लीमा मात्र ११ हजार १ सय ५७ जना कोरोना संक्रमितको निधन भएको छ।

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले कोरोना पछिल्लो लहरले युवापुस्तालाई धेरै असर गरेको बताए। संक्रमण बढेसँगै महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्। त्यसैगरी नोयडामा रात्रिकालीन कर्फ्यू लगाइएको छ।

यसअघि जिल्ला मजिस्ट्रेट अजयशंकर पाण्डेले गाजियावादका सबै विद्यालय, कलेज, शैक्षिक संस्था र कोचिङ सेन्टरहरुसमेत अप्रिल १७ सम्म बन्द गर्न आदेश दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker