विशेष

पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट

Posted on: 14 Apr, 2021

काठमाडौं ।

देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेका ेछ ।

भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ ।

चैत २६ गते नयाँदिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँदिल्ली बसेर नयाँदिल्लीबाटै हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगेको स्रोतले बताएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको हेलिकोप्टरलाई स्कर्टिङ गरेर देशरादून लगेको घटनाले पनि पूर्वराजा ज्ञानेन्द्रको यस भ्रमणलाई भारतले विशेष महत्व दिएको बताइन्छ ।

चैत ३० गते बिहान पूर्वराजा ज्ञानेन्द्रको हरिद्वारमा शाही स्नान गराउने कार्यक्रम सम्पन्न भएको एभिन्यूज टेलिभिजनले बताएको छ ।

उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका प्रमुख मोहन भागवतलगायतका भाजपाको नेताहरुको सहभागी हुने बताइए पनि मोदी अनुपस्थित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker