मुख्य समाचारविशेष

कोभिड बढेपछि वैशाख १६ गतेदेखि राजधानीमा निषेधाज्ञा

काठमाडौँ।
काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।

आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो। 

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ

त्यस्तै आज सांझ काठमाडौ जिल्ला प्रशासनले बिज्ञप्ति जारि गर्दै निषेधाज्ञा लागू गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker