राजनीतिविशेष

बेपत्ता भनिएका जनमोर्चाका सांसद शाहीको कोरोना परीक्षण रिपोर्ट दुई थरी

काठमाडौं ।
गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई मतदानमा लैजानुअघि अनुपस्थित भएका सांसद खेमविक्रम शाहीको कोरोना परीक्षण रिपोर्ट दुई थरी आएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयमा गरेको उनको परीक्षणमा नेगेटिभ आएको छ भने लाइफ केयर डायग्नोस्टिकमा गरेको परीक्षणमा पोजेटिभ देखिएको छ।

प्राप्त रिर्पोट अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा बिहान बिहान ७ बजेर २० मिनेटमा नेगेटिभ रिपोर्ट आएको छ। त्यस्तै लाइफ केयर डायग्नोस्टिकमा गरेको परीक्षणमा ७ बजेर ३० मिनेटमा आएको रिपोर्ट भने पोजेटिभ छ। मतदानको समयमा शाही अनुपस्थित रहेपछि गण्डकी प्रदेशको अंकगणितमा उलटफेर आएको थियो ।

मोबाइल समेत अफ गरेर बसेका शाहीको अवस्था सार्वजनिक हुनु पर्ने भन्दै जनमोर्चाकी सांसदले निवेदन दिएपछि आजको प्रदेशसभा सूचना टाँस गरेर स्थगित भएको थियो। यद्यपि उहाँका स्वकीय सचिव मिलन हमालले उहाँ विरामी भएकाले उपचारका क्रममा अस्पताल गएकाले फोन अफ गरेको बताउनु भएको छ । उहाँको चरक मेमोरिय अस्पतालमा उपचार भइरहेको बताइएको छ । तर, कोरोना परीक्षणको दुई फरक–फरक रिपोर्ट आउनुले उनी साँच्चिकै विरामी नै परेका हुन भन्नेमा आशंका उब्जिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker