कोरानामुख्य समाचार

२२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । 
सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सीसीएमसी बैठकले भारत र टर्कीलगायत कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो।

यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको छ उनले भने ‘तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker