मौसमसमाचार

आजको मौसम : केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षा

 काठमाडौं । 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ। जसका कारण देशको पहाडी भू-भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भाग सामानयतया सफा छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker