राजनीतिहेडलाईन

राष्ट्रियसभा उपनिर्वाचनमा थापा,देवकोटा र तामाङ भिड्दै, थापाले पाए सुर्य चिन्ह

काठमाडौं ।
बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रियसभा अन्तर्गत बागमती प्रदेशतर्फको रिक्त सदस्य पदमा आउँदो जेठ ६ गते मतदान हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ स्थित निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । राष्ट्रियसभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई सूर्य, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार कृष्ण बहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।

देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव कुमार नेपाल समूहको सहयोग रहेको छ ।

उम्मेद्वारको अन्तिम नामावली समेत प्रकाशन भइसकेको जानकारी दिँदै सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले भने, ‘चुनाव चिन्ह प्रदान र अन्तिम नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई पठाइसकेका छौं ।’ पौडेलले काठमाडौंबाटै मतपत्र छापिएर आउने बताए ।

पौडेलले हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा मतदानको व्यवस्था मिलाइएको जानकारी दिए । मतदान बिहान नौ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker