आइडियास्वास्थ्य

अम्बाको सेवनले शरिरमा रोग प्रतिरोधि क्षमता बृद्धि गर्छ

-डा. रमेश आचार्य
अम्बा एक प्रकारको मिठो फल हो र यो खानमा पनि निकै स्वादिलो हुन्छ । अम्बामा कम क्यालोरी र कम चिनी हुन्छ । यसले शरीरको तौल घटाउन समेत मद्दत गर्छ । अम्बाले शरिरमा रोग प्रिरोधि क्षमता पनि वृद्धि गर्ने भएकोले कोभिड -१९ बाट बच्नको लागी पनि अम्बाको सेवन गर्नु उपयुक्त हुन्छ ।

अम्बा खानुका फाइदा

  • दाँत दुखेको वा पाइरिया भएको अवस्थामा पनि अम्बाको पात चबाउनु उचित हुन्छ ।
  • अम्बामा प्रोटीन र फाइबर हुनाले मेटाबोलिजममा सुधार आउँछ ।
  • यसले कोलेस्ट्रोल स्तरलाई नियन्त्रणमा राखेर मुटुरोग लाग्नबाट बचाउँछ ।
  • यसमा भएको भिटामिन सी र आइरनले कमजोरी हटाएर तागत बढाउँछ ।
  • यसमा भएको भिटामिन बी ६ ले दिमागको शक्ति बढाउँछ र स्मरणशक्ति पनि मजबूत गराउँछ ।
  • यसमा भएको फाइटोन्युट्रिन्ट्सले क्यान्सरबाट समेत बचाउँछ ।
  • अम्बामा कम क्यालोरी र कम चिनी हुन्छ । त्यसैले तौल घटाउने सोच बनाइरहेका मानिसले दिनको एउटा अम्बा खाँदा फाइदा हुन्छ ।
  • अम्बाको अचार वा जुस बनाएर खाँदापिउँदा पनि फाइदा हुने हुन्छ ।
  • अम्बाको पातमा पनि एन्टीब्याक्टेरियल प्रपर्टी हुनाले डण्डीफोरजस्ता छालाका समस्या समाधान हुन्छन् ।
  • पातमा एन्टीइन्फ्लेमेटरी प्रपर्टी पनि पाइने हुनाले जोर्नी दुखेको वा वाथ लागेको मानिसले पात चबाउँदा फाइदा पुग्छ ।

अब अम्बाको पात खान थाल्नुस्

अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ । तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ ।

यदि तपाईंमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात प्रयोग गर्दा हुन्छ ।

नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ ।

अम्बाका पातले तौल घटाउने काम गर्छ । अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ । अम्बाको पातको सुपले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्दछ ।

अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्‍याउँछ । यसले कपालको विकासमा सहयोग पुर्‍याउँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ । यसले दाँत, घाँटीको दुखाइलाई पनिनिको पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker