विचार/ब्लग

प्रचण्डलाई असफल देख्ने नजरमै खोट छ

अनिता तिवारी –
प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो, सफल को भयो ? पार्टी फुटाउने ?प्रचण्डले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनु भयो, राष्ट्रलाइ के क्षति पुग्यो ? प्रचण्डले संबिधानका रक्षाका लागि प्रतिगमनका बिरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो, बिग्रियो के ? हो गल्ति प्रचण्डकै हुन्छ किनकी सधैं उहाँ राष्ट्रहितमा निरन्तर क्रियाशील हुनुहुन्छ ।

राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली लगायत संबिधानप्रदत्त मौलिक हक अधिकारको कार्यान्वयन गर्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्दै समाजवादी राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न पार्टीमा आइपरेका जस्तो सुकै संकटको सामना गरि पार्टी र आन्दोलनलाई नेतृत्व गर्दै अघि बढ्ने प्रचण्डचाँहि असफल, अनि पार्टी भित्रका अन्तरसंघर्षबाट पार्टी नै फोरेर, पार्टी नै छोडेर हिंड्ने चाहिँ सफल ? चौतर्फीरुपमा देशी बिदेशी प्रतिक्रियावादीले जे मा टेकेर परिवर्तनको संवाहक अध्यक्ष कमरेड प्रचण्डमाथि निरन्तर आक्रमण गर्छन् हामीले बुझ्नु पर्दछ की हाम्रो नेतृत्व ठिक छ । हो, प्रचण्डका वास्तवमै धेरै कमजोरीहरु पनि छन् ।

उहाँले धेरै प्रयोग गर्नु भएको छ । तर, शान्तिप्रकृया उहाका केही प्रयोग असफल भएका छ्न । हामीले यी धेरै प्रयोगबाट ठूला पाठ पनि सिकेका छौं । शान्ति प्रक्रियामा आएको १५ बर्षमा हामीले जे जति परिक्षण गर्यौं यसबाट हामिले प्राप्त गरेको शिक्षालाई लागू गर्दै पार्टीलाइ आफ्नो बर्गीय आधारमा अगाडि लैजाने गरि पार्टी बिधान स्थायी समितिबाट पारित भैसकेको छ, पार्टी दस्तावेज त्यहि स्प्रिटमा आउँदैछ । अत: आफ्नो नेतृत्व र नीतिको वरिपरी गोलबन्द भएर अघि बढ्न माओवादीबाट बिभक्त भएका सबैले पनि सोच्नु पर्ने हो की ?? कम्युनिस्ट आन्दोलनकै एकताको लागि हात बढाएका प्रचण्डले त माओवादी आन्दोलनको एकताको लागि हात बढाउनु भएकै छ, अरुले पनि बढाउन पर्ने हो की ? अत : सबै आशावादी भएर अघि बढौं !! हाम्रो रणनीति समृद्ध समाजवादी नयाँ नेपाल हो, निरन्तर क्रान्ति हाम्रो सिद्धान्त हो । लालसलाम !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker