राजनीतिविशेष

विभाजित माओवादी शक्तिहरुको विच एकताको लागि विशेष पहल शुरु ।

काठमाडौं ।
विभाजित माओवादी शक्तिहरुको विच एकताको लागि विशेष पहल सुरु भएको छ । प्रचण्ड लगायतको शक्ति नेकपा बाट अलग्गिएर पुरानै माओबादी (केन्द्र) मै फर्किए पछि माओवादी आन्दोलन, विचार, भावना र इतिहासको निरन्तरता दिन ने.क.पा (माओवादी केन्द्र) लाई पुनर्गठन गरी त्यसलाई नेतृत्व दिदै आएका नेता भबिसोर पराजुलीले अहिले सबै माओवादी  शक्ति र व्यक्तिलाई एकतावद्ध गर्न पहल सुरु गरेका छन् ।  अन्य माओबादि सक्तिहरु संग निरन्तर छलफल भएको पनि उनले आइडिया खबरलाई बताएका छन् ।

माओवादी शक्तिहरु बिचको एकताको लागि अभियान सुरु गरेका भबिसोरले सदियौ देखिको राजतन्त्रको अन्त्य, संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण लगायतका ऐतिहासिक कार्यभार माओवादी शक्ति, नेतृत्व र विचारका आधार संभव भएको बताउँदै आएका छन् ।

नेता पराजुलीका अनुसार अबपनि राष्ट्रिय स्वाधिनताको रक्षा, आर्थिक, संवृद्धि, संघियलोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्न विभाजित सबै माओवादी शक्ति एकजुट हुन ढिलो गर्न नहुने बताएका छन् ।
नेता पराजुलीले अब पनि विभाजित माओवादी शक्तिहरु आ–आफ्नै समुह बनाएर अगाडी वढेपनि त्यसको कुनै अर्थ र महत्व नहुने बरु उल्टै सघर्षबाट प्राप्त उपलब्धीहरु गुम्दै जाने, राष्ट्रियता थप खतरामा पर्ने, समाजवादी क्रान्ति प्रतिक्रान्तिमा परिणत हुँदै जाने र अन्ततः माओवादी आन्दोलन, विचार र शक्ति धराशाही हुँदै जाने बताएकाछन् ।
नेपालमा यतिठूलो परिवर्तन भयो तर जनताले परिवर्तनको अनुभूति दिलाउन नसक्नु, संघिय लोकतान्त्रिक गणतन्त्रलाई अझै पनि सस्थागत विकास गर्न नसक्नु र देश तिव्र आर्थिक समृद्धिको दिशामा जान नसक्नुको मूख्य कारण जुन राजनीतिक शक्तिको नेतृत्वमा यो परिवर्तन भयो । त्यस्ले देशको नेतृत्व गर्न नपाउनु नै हो ।
त्यस्को कारक माओवादी शक्ति विभाजन भएरै हो । इतिहास साक्षी छ, माओवादी नीति, नेतृत्व र शक्तिले नेपालमा यतिठूलो परिवर्तन ल्याएको हो । तर त्यही शक्ति विभाजित भएर देशको नेतृत्व अरुले गरिरहेकाछन् । त्यहीकारण आज देशले सहि गति र दिशा लिन नसकेको पराजुलीको भनाई छ ।
माओवादी आन्दोलनबाट आएका सवै साथीहरुलाई आग्रह गदै उनले भने हामी माओवादीहरु जो जहाँ छौं फेरि एकचोटि विनासर्त एक हुन जरुरी रहेकोछ । पद, व्यक्तीगत स्वार्थभन्दा माथि उठेर देश जनता र पार्टी क्रान्तिको लागि  हामी सम्पूर्ण माओवादी क्रान्तिकारीहरु एकजुट हुन  अनिवार्य आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker