राजनीतिसमाचार

जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने

काठमाडौँ । 
जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका छन् । 
तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले प्रष्ट पारेका छन् । 
आठ बुँदामा विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन् । 
जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो। ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker