अपराधप्रदेश नं. ५हेडलाईन

सशस्त्र प्रहरिको गोली लागेर २२ बर्षिय युवक घाइते

सुस्ता |
पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् । 

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ र प्रतापपुर ६ बिचमा पर्ने टुटहवा खोला स्थित नथइनगर नाका ( वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई शसस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरु स्थानीयलाई खबर गरेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले शसस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्रहुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो ।’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । गोली लागेर घाईते हुनेमा प्रतापपुर गाउँपालिका–६ का अन्दाजी २२ वर्षिय अविनाश राजभर छन् । उनको शहिद स्मृती अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गंभिर छ ।

भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाईते भएको र उनको टाउकोमा गंभिर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker