अपराधसमाचार

आफ्नै श्रीमतीलाई हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान पक्राउ

काभ्रेपलाञ्चोक ।
श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानीमा आफ्नै श्रीमती २२ बर्षिया सुमिना गुरुङ्गलाई मारेर खाल्डो खनेर पुर्ने श्रीमान २८ बर्षिय सोनाम लामा र ससुरा ६६ बर्षिय चन्द्रबज्र लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सुमिनाको शव गाडिएको स्थानबाट उत्खनन गरेको छ ।

जिल्ल प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी हरि खतिवडाले मृतकको शवलाई पोस्टमार्टमका लागि ल्याइएको तथा घटनाबारे थप अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहुँ जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग २०७६ सालमा प्रेम विवाह भएको थियो । सुमिना २०७८ जेठ १ गते दिउँसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो ।

माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । प्रहरीका अनुसार सोनाम लामालाई पक्राउ गरिसकेपछि मृतक सुमिना गुरुङको लास खाल्डो खनि गाडिएको भनेर बताएको र प्रहरी र स्थानी्रयले खाज्ने क्रममा सोनामले भनेको मकै बारिमा गाडिएको अवस्थामा आश भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker