अपराधराजनीति

राष्ट्रपतिको तश्विरमा गोबर छ्याप्दा नेबिसंघ नेता पक्राउ

काठमाडौं।
नेपाल विद्यार्थी संघका एक नेतालाई प्रहरीले पक्रा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्ने एक नेता पक्राउ परेका हुन्।

मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए। त्रिपाठीलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखेको छ।

उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ। महामन्त्री भट्टराईले भने, ’मष्तिस्कमा गोबर भरिएका महामहिम जोडीलाई आज बनेश्वरमा गोबर उपहार दिने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग गर्दछु।’

राष्ट्रपति र प्रधानमन्त्रीले देशमा थप संकटलाई निम्तो दिएको उनले आरोप लगाए। राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई संकट बढाउने कार्य गरेको भन्दै आफूहरू सडक संघर्षमा आउन बाध्य भएको उनले बताए। उनले सम्पूर्ण लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण गर्न उनले आग्रह समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker