राजनीतिविशेष

विभाजित एमालेमा को -को कता (नामावलीसहित)

काठमाडौं ।
नेकपा एमाले विभाजित भएको छ । हिजो ओली पक्षीय स्थायी कमिटी बैठकले नवौं महाधिवेशनपछि वरिष्ठ नेता मनोनित भएका माधवकुमार नेपाल र झलनाथ खनाललाई निष्काशन गर्ने निर्णय भएपछि विभाजित भएको हो । अब नेपाल र खनाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् ।

कलम चिन्ह मागेर वैशाखको पहिलो हप्ता दर्ता भएको नेकपा एकीकृत नै नेपाल र खनालको दल हुने बुझिएको छ । कलम चिन्ह लिएर दल खोल्ने यसअघि नै खाका तयार भएको थियो । अब यसले केही दिनमै मूर्त रुप लिदैछ ।

नेपाल खनाल समूहमा एमालेमा लामो राजनीतिक गरेका हस्तीहरु हुनेछन् । जसमा भीम रावल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, डा. विजय पौडेललगायत हुने बुझिएको छ ।
सम्भवत वामदेव गौतम पनि अध्यक्ष या सहअध्यक्ष बनेर नेकपा एकीकृतमा रहनेछन् । गौतम ओलीसँग सन्तुष्ट छैनन् ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटिमा ९ जना ओली पक्षमा छन् भने १२ जना नेपाल पक्षमा छन् । २ जनाको अझै टुंगो लागिसकेको छैन । नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे नेपाल समूहमै छन् ।

ओली समुहमाधव समुहतटस्थ
पदाधिकारी
१.केपी ओली, अध्यक्ष
२. इश्वर पोखरेल, महासचिव
३. प्रदिप ज्ञवाली, सचिव
४. पृथ्वी सुब्बा गुरुङ, सचिव
५. विष्णु पौडेल, उपमहासचिव

पदाधिकारी
१. माधवकुमार नेपाल, वरिष्ठ नेता
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष
४. भिम रावल, उपाध्यक्ष
५. युवराज ज्ञवाली, उपाध्यक्ष
६. घनश्याम भुषाल, उप महासचिव
७. भिम आचार्य, सचिव
१. बामदेव गौतम, उपाध्यक्ष
२. गोकर्ण विष्ट, सचिव
३. योगेश भट्टराई, सचिव
स्थायी कमिटी सदस्य
६. शंकर पोखरेल
७. सत्यनारायण यादव
८. सुवास नेम्वाङ
९. विष्णु रिमाल
स्थायी कमिटी सदस्य
८. सुरेन्द्र पाण्डे
९. मुकुन्द न्यौपाने
१०. रघुजि पन्त
११. बेदुराम भुषाल
१२. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker