आइडियामुख्य समाचार

यी चिज राख्नुहोस घरमा आर्थिक संकट कम गर्न

एजेन्सी | 
वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने ज्योतिषहरुको भनाइ छ | बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा सुख र समृद्धि आउँछ | नेपाली समाज र  परम्पराअनुसार धेरैले धर्मकर्म र बास्तुमा विश्वास गर्छन् । घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ जसले गर्दा आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ ।  जानुहोस बस्तु सम्बन्धि सामानहरु कुन समान कहा राख्दा के हुन्छ र आर्थिक संकट कम गर्न घरमा राख्नुहोस यो चिजहरु |

१. लाफिङ बुद्ध :आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ । लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ । बुद्धलाई समृद्धिका देवता मानिन्छ । बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ ।

२.सुनौलो माछा :घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ । यसले धन, मान, सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ । तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन ।

३.कछुवा : कछुवालाई शुभ जीव मानिन्छ । यसलाई घरमा राख्दा सफलता र धन–दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ । यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ ।

४,तीनवटा सिक्का : घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ । यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ । बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ ।

५.ड्र्यागनको जोडी : ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो । सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ । यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ । यसले पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिक मानिन्छ । यसमा अपार शक्ति हुने बिश्वाश गरिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker