आइडियाविचार/ब्लग

समाजवादको वास्तविक अवधारणा र यसको नकारात्मक प्रभाव

व्यक्तिगत जीवनको सामाजिक पक्षमा समाजवादले विशेष जोड दिन्छ समाजवाद भन्नाले व्यक्ति हितको तुलनामा समाजको हित गर्ने सर्व परि हुन्छ भन्ने स्वीकार गर्नु हो ।  समाजवादको उद्देश्य बिल्कुलै विपरीत छ समाजवादले मनुष्यलाई आफ्नै तरिकाबाट जीवनयापन गरेर र व्यक्तित्वको विकास गरोस् भनेर भौतिक चिन्तनहरू बाट मुक्त गराउँछ तर समाजसेवीहरूको विचारमा विस्तृत सामाजिक संगठनको नतिजा स्वरूप मात्र त्यस्तो स्वतन्त्रता प्राप्त हुन सक्दछ समाजको मध्यमबाट मात्र व्यक्तिले आत्म विकास र व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्न सक्छ।  समाजवादमा समाजलाई आवश्यक पर्ने उत्पादन मात्र उत्पादित गरिनेछन् सामाजिक राज्यमा सामाजिक भलाइ लाई उत्पादनको आधारमा लिनछ र नाफा कमाउने उद्देश्य हुनेछैन समाजवादको विचारमा एकपटक पुँजीवादको अन्त्यपछि मनुष्य समाजका लागि काम गर्नुको तात्पर्य आफ्नै लागि काम गर्नु सरह नै हो भन्ने अनुभव गर्नेछन् मनुष्यले राम्रो गर्नेछन् र खुशी साथ काम गर्नेछन् किनभने आफ्नो समूहलाई स्वतन्त्र र सम्पन्न पुर्वक जीवन बिताउन उनीहरु पाउनेछन भन्ने विश्वास उनीहरुमा हुन्छ

 के समाजवाद पूँजीवाद विरुद्धमा छ?

 समाजवाद पूँजीवाद को विरुद्धमा छ पुँजीवादको व्यापक विरोधमा समाजवादको स्थापना भएको हो तसर्थ समाजवादले नाफा कमाउने सिद्धान्तमा आधारित पुँजीवादको विनाश गर्ने छ पुंजीबादको उद्देश्य ज्यादा उत्पादन होइन अपितु ज्यादा मुनाफा हो धनी र गरिबको बीचमा पुँजीबादले  ठूलो खाल्डो पारिदिएको छ समाजबादले  उत्पादन र वितरणलाई सामाजिक न्याय आधारमा संगठित गर्ने प्रयास गर्दछ पुँजीवादले मनुष्यलाई यन्त्र उपकरणको स्तरमा हेर्दछ ।  जस्तो कि  व्यक्ति बजारमा सामान विक्री वितरण भए जस्तै आफ्नो शहर बजारमा बिक्री गर्दछ यसरी मनुष्यले आफ्नो अस्तित्व नै गुमाइ रहेको छ फ्रमको शब्दमा “व्यक्ति अरु ज्यादा अलग हुन पुगे र आफू भन्दा बाहिरको शक्ति को हातको औजार बन्न पुगे र अन्त्यमा गएर असुरक्षित हुन पुग्यो” 

समाजवादले आर्थिक समानता मा विश्वास गर्दछ 

आर्थिक समानता मा  यस सिद्धान्तले पूर्ण विश्वास गर्दछ तसर्थ विस्तारै-विस्तारै समाजवादले आर्थिक समानता स्थापना गर्नेछ आर्थिक असमानताका पुँजीवादी समाजको प्रमुख विशेषता हो लेलेको विचार अनुसार समाजवादी सिद्धान्त सामाजिक अवस्थामा अरू ज्यादा समानता लागू गराउने उद्देश्य राख्दछ । समाजवाद सन्तुलन कर्ता र सामाजिक अन्तर लाई हटाउनेवाला हो ।

 समाजवादको मूल्याङ्कन

 यो स्पष्ट हुन गएको छ कि समाजवादले स्व्थकर प्रतिस्पर्धा मात्र अटाउन चाहदैन अपितु पुँजीवादी व्यवस्था स्वयंलाई नियन्र्ण गर्न चाहन्छ आर्थिक असमानता हटाएर एक स्वच्छ समाजको स्थापना गर्न समाजवाद चाहन्छ पुँजीवादले व्यक्तिगत चरित्र न्यून गर्न चाहन्छ धोखाधडी र बेमानी लाई प्रोत्साहन गर्दछ । एक समाजवादी शासन पद्धतिले एक वांछनीय किसिमको चरित्र र अटल मुलुकको को स्तर सिर्जना गर्दछ ।  समाजवादमा समाज सेवा को भावनालाई सर्वोपरि हुनेछ र प्रतिवादको अन्त्य हुनेछ समाजवादीहरू आर्थिक क्षेत्रमा प्रजातन्त्र विकास गर्न चाहन्छन् र वास्तविक रुपमा प्रजातन्त्रको स्थापना गर्न चाहन्छन् ।

 समाजवाद आकर्षक सिद्धान्त भनिएको छ तर पनि   समाजवाद भन्नाले निरंकुशता बादी र व्यापक रुपमा नोकरशाही नियन्त्रण भन्ने बुझिन्छ । यसमा भ्रष्टाचार षडयन्त्र र व्यक्तिगत सम्पतिको वृद्धिको पनि  सम्भावना हुन्छ । नातावाद कृपावाद र लाल फित्ता शाही जस्ता सार्वजनिक संस्थानका कमजोरीहरु अरु विकसित हुन सक्दछन् समाजवादले भने जस्तो सरकारले व्यापक शक्ति प्रयोग गर्ने हो भने नोकरशाही र अनुत्तरदायी हुनसक्छ  । क्रसम्यानको  को विचारमा  वास्तवमा व्यापक केन्द्रीकृत नोकरशाही को विकासले सामाजिक प्रजातन्त्रमा ठूलो संकट ल्याई दिन्छ यदि हामी स्वतन्त्रता र व्यक्तिगत उत्तरदायित्वको संवैधानिक सुरक्षाको प्रबन्ध गर्न सक्यौं भने यस्तो प्रवृत्ति हरुमा रोक लगाउन सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker