समाचार

नेपाल्नी आमालाई बचाउन सकिन्थ्यो :जीबनमा सधैं भरी पछुतो हुने भो

-शम्भु उप्रेती

(लेखक शशस्त्र प्रहरी बलका अवकाश प्राप्त बरीष्ठ उपरीक्षका हुन् ।बाग्मती सफाई अभियान देखी चक्रपथ सरसफाई अभियान मा  समेत सकृय भूमिकामा रहेका उनि अहिले कामको शिलशिलामा अमेरिकामा  बस्दै आएक  छन् ।)

“यो समयमा यो भन्दा ठुलो र जीबन बचाउने साधन अरु केही हुने छैन । यो सामान १ महीना अगाडी हाम्रो हेल्थ पोस्ट मा ल्याउन पाएको भए पहीलो कोभीड पिडीतले हारगुहार गर्दा पनि प्रबास मेडीकल कलेजले बेड र अक्सीजन नभएको भन्दै भर्ना नलिएको र अन्य ठाउमा बेड प्याक भएको कारण मृत्यु हुन बाट बचाउन सक्ने थियौं की?”

“अत्तालिदै हार गुहार गर्दै, बचाउन गरेको निरिह आखाको ईसारा निर्थक बने। श्वास प्रश्वास ढुकढुकी हाम्रो हेल्थपोस्टको बेडमा आखै अगाडी जवरजस्त मृत्यूले चुडाएर हामि बिचबाट तानेर लग्यो ।यो जीबनमा कहीले नबिर्सने आखा अगाडी को मृत्यू थियो । जबकी वहाँका बिगत ३०औ बर्ष देखी यही बिस्णु उच्च माध्यमिक बिद्यालयमा सहयोगी बनेर बिताएको ती पल हरु सम्झन्छु । यस्तो निरिह सून्य बिबेक हराएको त्यो दिन अब आउने छैन । अबको दिनहरु मा त कम्सेकम गाडीमै अक्सीजन लगाई सुबिधा सम्मान स्थानहरुमा पुर्याउन सकिने भयो।” सम्बाद सकिन्छ ।

हेल्थ पोस्ट लाई केही रकम सहयोगको अनलाईन बैंकिंग ट्रान्सफर मेसेज र अक्सीजन कन्सलट्रेटर मशीन आईपुगेपछीको वडा अध्यक्ष र मेरो बिचको सम्बाद “अहो सबै सहयोगी भाबना भएको वहाँ हरुमा हाम्रो समग्र गाउले र स्वयं वडा अध्यक्ष म टेक नाथ शर्मा को तर्फ बाट धेरै सम्मान र धन्यवाद सुनाई दिनु होला” ।

 फोन राखे सुरुमा खुसीका आसु बगेछन् , ठिकै थियो बिस्तारै ग्लानी, पछुतोको आसु बग्न थाले … म निदाउन सकिन । ति बिगतहरु सम्झेर । म झसंग भए पिडाबोध ले आशु चुहीरहे । ति दिनहरु सम्झे ..अनि मनमनै भने मैले “अबश्य सुनाई दिन्छु।सबैमा भेटेर फोन गरेर होईन कागजमा जस्ताको त्यस्तै कोरेर” … बास्तबमै आभारी त हामि हुन पर्ने त्यही पोखराथोकको माटोमा हुर्कि बडी ति नेपाल्नी आमाले बिद्यालयमा हजारौ हामि छोरा छेरीहरुको कक्षाकोठामा लिप्टीमा सौच गर्दा कहीले रिसाईनन् । तिर्खा लाग्दा पानी पिलाउथिन् । कोठा नियमित सफ़ाई गरीदिन्थिन् ,सधै ख़ुशी हुने सबैको नाम ले उच्चारण गर्ने उनि आज तिनै संन्तान सक्ने भए धेरै पढे लेखे पद, सम्पती आर्जन गरे अनि यो पबित्र माटो मा उनिहरुको हैसियत ले सायद सुहायन ! सफा ठुलो सहर पसे रमाए छोरा छोरीको भबिश्य बनाए बैक ब्यालेन्स बढाए यस पबित्र स्थान मनोरम ठाउँ चटक्कै बिर्सेर… यस्तो बिद्रोहले मन मनै भन्दै हुन्छु म हिम्मत जुटाए जे सोचें  सायद ठिक सोच्दै छु । हामि अब यसरी बिर्सेर आफ्नो जन्म स्थान र जन्म दिने आमा प्रति अन्याय हुन दिन्नौ ।

अब बाँकी जीन्दगी आफैमा रमाएर मात्र बिताउनु हुन्न यी बस्तीहरुमा बिशेष अभीयान सुरु गर्नु पर्छ । वहाँ हरु चटक्कै बिर्सेकोलाई सम्झाउनु पर्छ ।सम्पन्नता रंगीन दुनियामा रमाउने हरुलाई झकझकाउनु पर्छ ।धेरै दिन टाढा भए पछी पाल्तु कुकुरले त मालिक बिर्सन्छ । अब म नेपाल्नी आमालाई त बचाउन सकिन अरु धेरै सात दसक पार गरेको बा आमा हरु लाई यसरी शताब्दी मै एक पटक आईपर्ने माहामारी बाट जोगाउनै पर्छ ,हामि तमाम सक्षम पोखराथोकेहरु लाई उ बेलामा हाम्रो लागी समाज र बिद्यालय प्रति खाई नखाई गरेको मेहनतको कारण ले हाम्रो यो हैसियत बनेको हो भनेर सम्झाउनै पर्यो । यधपी मलाई याद छ कि नेपाल्नी आमाको दयनिय अबस्था मनन गरेर हाम्रो क्षेत्रकै सर्बमान्य ब्यक्तित्व कैयौ पटक गा.बि.स. अध्यक्ष, बिद्यालय ब्यबस्थापन  समितीको अध्यक्ष र जटील समस्या पर्दा वहाँकोमा पुगेपछी निसाफ र हिसाब पाईने बुढाघर हरि प्रसाद बुवा को अनुरोधमा नेपाल्नी आमालाई बिद्यालयमा सहयेगी पदमा भर्ना गरीएको थियो । त्योबेला म स्वयं ठिटो बिहान कलेज पढ्दै ,दिउसो शिक्षकको रुपमा सोही बिद्यालय मा  पढाउने काम  गर्ने गरेको थिएँ ।

 आफु बच्चै हुदा वहाँ ले दुध पिलाएको आमाबाट सुनेर सधै वहाँ प्रति सम्मान को ब्यबहार गर्दै आमा भनेर सम्बोधन गर्थे। वहाँका परीबारका छोरीहरुको प्यारो दाईको शम्बोधनले गद गद हुन्थे । स्कुलमा गरुङ्गो गाग्री र भाडा हरु कसैले नदेख्दै माथीको तलामा पुर्याउने र बसमा यात्रा गर्दा सिट छाडी भाडा तिरी हाल्ने दाउमा हुन्थे । अप्ठ्यारो पर्दा म छुनि सधै ढाढ़स दिने बाटो पर्दा घरमा छिर्ने सामान्य थियो ।मन मनै दुधको भाडा तिरेको अनुभुति र बुबाको बारेमा वहाँ बाट बिगतका प्रसंग हरु कोट्याई रहन्थे ।

 पहीलो आमा पोईला गईन अनी आमा सानीलाई यसरी दुलही बनाई ल्याएको प्रसंग सुन्दा अचम्म दंग पर्ने गर्थे । सायद हामि अब हाम्रो गाउकै पहीलो दुर्भाग्यपूर्ण मृत्यु यस माहामारीबाट अकालमा जीबन गुमाउन बाध्य हुनुमा केही न केही हामि सबैको जीम्बेबारी र त्यती नभए कर्तब्य बोध गर्नै पर्छ ।

 सके बिद्यालयकै प्रांगण मा या उपयूक्त ठाउमा वहाँको सम्झनामा भैतिक निर्माणको कुनै संरचनामा वहाँको नामाकरण गरिदिनु जस्ले सताब्धीकै ठुलो जघन्य अपराध गरेको कोरोनाको कारण बिद्यालयको सेवामा आफु र हालका दिनमा आफ्नै परीबार बाट निरन्तरता दिएको गुन तिर्ने उपयूक्त बहाना हुन सक्छ कि ? जस्ले भोलीको दिनमा यो पुस्ता मात्र होईन आउदो पुस्ताले शिक्षा प्रेरणा लिईरहोस कि नन्द कुमारी नेपाल आमाको दयनिय पारीबारीक दुरावस्था बिच सारा जीन्दगी कसरी हजारौ बालबालिका हरुलाई निःस्वार्थ सेवाभाब देखाउन सफल रहिन्  र यस्तो सामान्य अक्सीजन को जोहो गर्न नसक्नुको कारण हाम्रै आखा अगाडी बचाउन गरीएको आखाको भाव र छटपटी बिच आफुलाई एक्लो, बेसहारा, सम्झी आफैलाई रोक्न सकिनन यती धेरै हजारौको सद्भाव पाएर पनि सदै नफर्किने बाटो लाग्न बिबस भईन !

❤

1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker