विचार/ब्लग

साच्चै सतीको श्राप परेको देश त्यसै भनिएको रहेनछ !

हामी मध्ये केहीको सामाजिक सन्जाल हरुमा ब्यक्त बिचार हरु हेर्दा लाग्दैछ कि यती धेरै नकारात्मक पूर्वाग्रही सोच र अपरीपक्व आदतबाट पिडीत रहेछन ।प्रत्येक दिन सयौ घरपरीबारका मानिस हरु को असहामिक मृत्युको पिडा को खबरहरुले पनि पिडाबोध नहुनु अर्थात उ भीत्रको मानविय संबेदना हराएको जस्तो लाग्दैछ ।

कोरोना संक्रमणको महामारी बाट सिक्नु पर्ने पाठ थियो कि हामि मानव हरुको जीबन पनि अरु प्राणी हरु जस्तै अस्थायी र क्षणिक हो । जसरी यस पृथ्वीमा हजारौ जीबहरुमा प्राण छ । हामि जस्तै भोक लाग्छ संन्तान जन्मांउछन,आपसमा हेर बिचार गर्छन, माया गर्छन । उनि हरु आपसमा आफ्नो समुहमा मिलेर रहन्छन । अरुको हमलामा एक जुट बनेर प्रतिकार गर्दै जातीय अस्तित्व रक्षा गर्न सफल छन । मुख्य कुरा खानेकुराहरु प्रति चिन्ता छैन ।न साचेर अरुको भाग खोसेर थुपार्छन न आपसमा आजात शत्रुको रुपमा बदलाको भाबनाले ईख लिई मोकामा सिद्धाउन लागी पर्छन ?

आखिर सर्वश्रेश्ठ जीब मानवमा मात्र यस्तो बिथिती, लोभ लाभ र संघर्ष र घृणा किन ? सायद नेपाल मा जस्तै राजनिती मा अपराधीकरण रहुन्जेल यस्तै होला ?

सायद उ भीत्रको नकारात्मक सोचको गहीरो कु प्रभाबको कारण पशु भन्दा पनि तल्लो स्तरमा आफु लाई पुर्याउछ तर चेत पटक्कै छैन । अरुको यस्तै गल्ति बाट भोगेको दुस्परीणाम देख्दा पनि आफ्नो सुधार प्रति हेक्का राख्दैन ।किनकी उ कुनै न कुनै बलिया दलमा आबद्ध छ र त उ बलियो महसुश गरीरहेको छ ।

स्मरणीय छ कोरोनाले कुनै उमेर समुह जबान या बुडा पनि भन्दैन न त रोगी या निरोगी, न त धन सम्पन्नता हुनुको कारण मृत्यु लाई टार्न सकिन्छ। केही पल पर धकेलने मात्र हो ।कसै प्रतिको पूर्बाग्रही बिचार स्वयमको शरीर माथी नकारात्मक प्रभाव पर्ने कुरा सायद अनबिज्ञताको कारण पनि हुनसक्छ ।

आफ्नो क्षमता तेज,बल,आरोग्य र ऐश्वर्यमा हृास आई आफु भीत्रको ख़ुशी, आनन्द र असीम शान्ति हराएको पत्तो नपाउनु स्वयमकै दुर्भाग्यपूर्ण अबस्था हो । तर हामि लाई चिन्ता उस्को कारण बाट हामी र हाम्रो भाबी पुस्ता हरुमा पनि बिस्तारै दिमाग़ी हालत मा नकारात्मक प्रभाव पर्दै त छैन?

सायद नेपाल को राजनैतिक संस्कार बनिसकेको परिस्थिति छ जाहा अर्को दलबाट गरेको लोकपृय काम पनि राम्रो भन्नु, प्रसंशा गर्नु आफैलाई चुनौति दिनु को अर्थमा बुझेको हुनु पर्छ । अर्थात आफु माथी बड्न अरुको प्रगतीमा या उचाईमा रोक्नु पर्छ नकी आफ्नो सत्कर्म, परीस्रमले आफु माथी पुगीन्छ भनि बिश्वास नभएको कारण ले हुनसक्छ ।

हामि भ्रममा नपरौ देश र जनताहरु को हीत मा काम गर्ने हरु सधै अँसफलताको बिल्ला भीर्न बध्य छन । सबै दलहरु को शिर्ष हरुको कोटा निर्धारित गरी काम गर्ने हरु मात्र सफल देखियो । तर पनि भाग पुर्साउन सकस रहीरहन्छ । पद सृजना गर बस मन्त्री थप मन्त्रालय थप !

सायद संघीयता ल्याउनुको पछीडीको रहस्य यही हुनु पर्छ । तर दुर्भाग्यपूर्ण यही संघीयता ले वाहा हरुमा जोडन सकेन । कलहको अखडा संघीयता बनिसकेको छ ! बिगतका दिनहरु मा याहाहरुबाट गरिएका राम्रो कामहरु पनि ओझेलमा परेको पनि पत्तो नहुनु स्वयम याहाहरुको राजनैतिक जीबनमा असफलता हो । कम्सेकम संरक्षक बनी सबै को सम्मान बटुल्दै बाकी जीबन मर्यादित र शान्तिपूर्ण बिताउने सल्लाहा दिनु उपयूक्त समाधान हुनेछ ।

अन्यथा आम नागरिक हरुको हितमा आएको भनिएको बजेट लाई घृणा किन ? जीम्ब्बार तहका नेताहरु बाट काम चलाउने सरकारको लोकपृय बजेट नस्विकार्न उर्दी जारी गरीन्छ ? अचम्मै छ यत्रो धेरै जनताहरु प्रति को उपेक्षित शब्दहरु बक्ने तागत कस्ले दियो होला ? बिचरणिय गम्भीर कुरो छ । भन्नु पर्यो यो देश तिमीहरुलाई बाचुन्जेल ठेक्कामा परेको हो ? जनताहरु को स्वतंत्रता र आम निर्बाचन बाट पारीत गरीएका बुदाहरु समेटेर सम्बीधान बनाएको थियौ र ? सप्पै कुरा मानिदीनु पर्ने अझै लोकतंत्र कसरी भन्न सक्या होला ? बाचुन्जेल पद रहीरहन पर्ने ? मानिरहन पर्ने ?रिटायर्ड नहुने ? टस मस नहुने ? बिरोधीहरुको जत्था बनाई बिद्रोह गरी रहने ? तर सेवा सुबिधा लिईरहने ! चुनाव मा जीत्न नपर्ने बक्सा साट्न मिलोमतीमा पद बाड्न र आफ्नो अनुकुल को कानुनको पारीत गर्न सहमति हुने ? अझ यती दुख गरी हाम्ले बनाएको पार्टी हो ? कम्ति दुख गरीएन छलछाम डर धाक देखाएर झुट्टा नाम थपिदै यो पार्टी मा यती सम्म गरेर यत्रो बनाईयो रे ? यस्तो अनर्गल दुनिया मा कही छैन नेपाल मा बाहेक !

सशस्त्र सेनाले देश कब्जा गरेको उदाहरण हरु बिश्वमा खास गरी राजनैतिक चेतना कम भएको मुलुकहरुमा देखिन्थ्यो तर हाम्रो जस्तो सादा पोशाक धारीहरुको कब्जा मा देश र देशको आर्म फ़ोर्स हरु कब्जा मा परेको बिरलै पाईन्छ यस्तै भान हुदैछ ।

देश को बागडोर सम्हाल्ने जीम्बा पाएका राजनैतिक दल का शिर्ष नेताहरु कसरी अरुको दोष देख्न र गल्ति काहा निर पक्रने हो यती ध्यउन्नामा रहन्छन । ऐलेको आबश्यकता जनताहरुमा परेको महामारी बाट बचाउन सामुहीक प्रयास हुनु पर्नेमा पदको हारालुछीमा तल्लों स्तरको आरोप प्रति आरोपमा जनजीबन लाई झनै निरासा आक्रान्त बनाउने कामको सृखला रोकिने छनक पाईदैन । केपी को बदला शेर बहादुर आउनु हामि लाई आपत्ति रहन हुन्न तर त्यस पछीको राजनैतिक समस्या को हल भई पून बिधीको साशन अमन चयन कायम हुने अपेक्षा गर्न सकिन्छ ? बाकी बिपक्षी मोर्चा बनाएर संघर्षको मैदानमा उत्रनु भएका नेताहरु मा जबाफ चाहीयो ? अनी सरकार रहे पनि तनाव गए पनि तनाव निश्चित छ । भोली पुन केपी पक्ष र अरु ने का कै पद पाउन नसक्नेहरुको समिकरण बन्ने निश्चित छ ! त्यसैले समस्या नेता मा हैन नितीमा र पद्धति मा छ सबैमा चेतना हुनु पर्यो । जनताहरु को राय सहमति र जनमतबाट प्रमुख मुद्दा हरुको टुगो नलगाउन्जेल यस्तै कुर्सी का लफडा आईरहन्छन । हामि पुरै जनताहरु वाहा हरुमा अनैतिक काम र समिकरण मा साथ दिन टिकट बुक गरीसकेको अबस्था को फायदा लिदै छन । राम्रो बिचार बोकेको मानिस चुनाव मा जीत सम्भब छैन यता किन चुनाव मा जान पनि यती बिघ्न आपत्ति ? अब यो पुस्ता त सधै को लफडा र बेमेलमै बित्यो तर आउदो पुस्ता का आशान्वित यूवाहरु गगन योगेश घनश्याम चन्द्र लगायतको पुस्ता हरु पनि नया चिरा बाट स्थायीत्व नखोजी उनै पुराना आउट डेट्ड समाधान कै पछी फुटेर मरीहत्ते उग्र भाषण मा देखिनु झनै चिन्ता को बिषय बनिसकेको छ । आखिर आलोपालो याहा हरु ५ जनामा बाचुन्जेल निश्चित छ । सधै राम्रो बिचार बोकेको मानिस हरु घेराव मा परेको परै छन जुन बीगत देखीको परम्परा पनि हेरौ कि ?

सायद सतीले स्राप परेको मोक्ष गर्न बदला र आक्रोस हैन सम्यम र जनमत बाट प्राप्त बिधी र पद्धति प्रति बिश्वस्त हुने संकल्प गर्नु सही बिकल्प हुनेछ । जयनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker