आइडियास्वास्थ्य

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? यस्ता छन् समाधानका उपाएहरु

काठमाडौं ।
गर्भवती भएका बेला महिलाहरूलाई वाकवाकी लाग्ने गर्छ ।  चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । गर्भवती अवस्थामा बान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ । सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४–८ हप्ताबाट सुरु हुन्छ ।  कसैकसैलाई भने अलि पछिसम्म यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर, पेटमा भएको बच्चालाई भने कुनै असर पु–याउँदैन ।

यी हुन् समाधानका उपाएहरुः

 1. वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । र त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।

2.एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै–थोरै छोटो–छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ । यसले स्वस्थ रहन पनि सहयोग पुग्छ ।यसै पनि गर्भवती आमाले आफ्नो स्वास्थ्य र भोजनमा विशेष ख्याल राख्नुपर्छ । त्यस्तै, वाकवाकी र रिंगटा लाग्ने समस्या बढी भएमा प्रशस्त आराम गर्न आवश्यक हुन्छ ।

3.गर्भवती आमा बस्ने कोठा तथा घरको वातावरण खुला र राम्रोसँग हावा खेल्ने हुनुपर्छ । यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ । अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ ।

4. त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ ।कहिलेकाहीँ मोलार प्रेग्नेन्सीका कारण पनि वाकवाकी लाग्ने, बान्ता हुने समस्या हुन्छ ।

5. मोलार प्रेग्नेन्सीले गर्भवती भएजस्तै लक्षण देखाउँछ, तर पेटमा बच्चा भने हुँदैन । त्यसैले यसबारे पनि सजग हुन आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ ।

6. यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ ।

7. बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ । जसले बच्चाले हलचल बढाउछ ।

8. गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्छ । गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ । तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker