राशिफलसमाचार

राजनीतिक स्थायित्व र विकासका लागि ओलीको तरिका जायज छ : नेता पराजुली

काठमाडौं ।
पुर्नगठित ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष भविसोर पराजुलीले प्रधानमन्त्री केपि शर्मा ओलीले रहरले भन्दा पनि बाध्यताले अहिलेको निर्णय लिएको बताएका छन् । पार्टी भित्रको असहयोग र घेरावन्दीकै कारण ओली यहाँसम्म आईपुगेको वताएका हुन् ।

पराजुलीले भने ओलीले चालेका पटक–पटकका कदमहरु उनका चाहना भन्दा पनि बाध्यता भएको बताए । चाहे हिजो नेकपा हुँदा होस् । या पछि एमाले भइसकेपछि होस् उनलाई आफ्नै पार्टी भित्र र बाहिरबाट असहयोग र घेराबन्दी भइको उनको ठम्याई छ  । 
 

यस्तै दुर्दशा अहिले ओलीलेमात्र होइन् । नेपालको सत्ता सञ्चालनका क्रममा इतिहासमा धेरैले व्याहोरर्नु परेको समस्या हो यो । यहाँनेर फरक यति हो । अहिले ओली आफ्नो घेराबन्दी तोड्दै अगाडी बढेकामात्र छन् । उनले अरुकेही गरिहालेको जस्तो मलाई लाग्दैन । वास्तवमा राजनीतिक स्थायित्व र विकासका लागि ओलीका तरिका जायज छन् । 
 

नेता पराजुलीले भने, हेर्नुस् । एउटा सरकार बनेपछि त्यसलाई पाँचवर्ष ढुक्क चलाउन दिनुपर्छ । वास्तवमा अब नेपालमा यही राजनीतिक सस्कार विकास हुन जरुरी छ । विकसित देशमा तपाई हेर्नुभयो भने यहि राजनीतिक सस्कार र परम्परा छ ।

दुःखको कुरा नेपालका राजनीतिक दलहरुमा यो परम्परा र संस्कार भन्दा पनि सरकार गिराउन र बनाउने घृणित राजनीतिक सस्कार बसिसकेको छ । दुर्भाग्य भनौ, २०४६ सालदेखि नेपालमा त्यही फोहोरीखेल दोहरिदै आएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker