राजनीतिहेडलाईन

ओलीको निर्णय स्वागत योग्य : भबिसोर पराजुली

काठमाडौं ।
पुर्नगठित ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष भबिसोर पराजुलीले जेठ ३ गते भन्दा अगाडी जाने ओलीको निर्णय स्वागत योग्य भएको वताएका छन् । ओलीले गरेको यो आह्वान सम्पुर्ण कम्युनिष्ट हरुको एकताको लगि अर्को एउटा अवसर पनि हो उनले भने ।

ओलीले वक्तव्य जारी गरी पार्टी एकताको लागि गरेको आवहानलाई तपाइँले कसरी लिनुभएकोछ पत्रकारको प्रश्नमा नेता पराजुलीले भने ओलीको यो कदम स्वागत योग्य छ । पार्टीहरु फुट्नु भन्दा जुटेको राम्रो हो । अहिलेको विषम परिस्थितीमा देशका ठूला राजनीतिक दलभित्र द्धन्दका कारण विभाजनको दिशातर्फ जानाले देश अध्यारो सुरुङ्घतिर जान्छ । अझै भनुहुन्छ भने एउटा पार्टीमा मात्र होइन कुनै पार्टीभित्र अस्वस्थ द्धन्द र विभाजनको अवस्था आउनु राम्रो होइन, त्यसले त्यो पार्टीलाई मात्र होइन देश र जनतालाई ठूलो क्षति पुर्याउछ ।

नेता पराजुलीले भने कम्यूनिष्ट आन्दोलनमा आएको टुट, फूट र विभाजनले देश  र जनतालाई ठूलो क्षति पुर्याउँदै आएको छ । त्यसले देशी विदेशी प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्दै आएको कहालिलाग्दो इतिहास हाम्रो सामु छ । त्यसैले राष्ट्रिय स्वाधिनताको रक्षा र सामाजिक, आर्थिक रुपान्तरणको माध्यम द्धारा संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै समाजवादको दिशामा जान सम्पूर्ण वामपन्थि र राष्ट्रवादी एकठाउँमा हुनुको विकल्प नभएको उनले बताए ।

खतरनाक प्रवृतिको शिकार बने कम्युनिष्ट

नेता पराजुली भने “नेपालका कम्यूनिष्टहरुको विचमा खतरनाक प्रवृति छ । त्यो के हो भने आफु फस्टमेन वन्न पाए जुनसुकै कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी देख्ने र त्यससँग पार्टीसँग एकता गरिहाल्ने, नपाए घोर दक्षिणपन्थि अवसरवादी, सशोधनवादी भन्ने र  निराधार बदनाम गर्दै जाने र प्रतिक्रियावादीहरुसँग मिलेर भएपनि त्यसलाई कमजोर पार्ने  खतरनाक प्रवृति रहेको छ । यो प्रवृति नै वामएकताको वाधक हो ।”  नेता पराजुलीले जोडदिदै भने ‘हेर्नुस्, हामी वामएकता हुन नदिने यसप्रकारका प्रवृतिका विरुद्ध दुढतापूर्वक सघर्ष गर्दै आएका छौं । हाम्रो पार्टीको सुरुआतदेखि कै मुख्य नीति यहि रहेको छ । हाम्रा यी प्रयासलाई असफल बनाउन, केही तत्वहरु कृयाशिल छन् । हाम्रो पार्टीको वामएकताको नीति प्रति निराधार र निर्मम प्रहार भइरहेकोछ । तरपनि हामी यस्ता प्रवृतिका विरुद्ध दृढतापूर्वक सघर्ष गर्दै वामएकताको लागि निरन्तर लागिरहेकाछौ । अव त एमाले मात्र एक भएर पूग्दैन अहिले देश र जनताका समस्याहरु साच्चिकै समाधान गर्ने हो भने देशका सम्पूर्ण वामपन्थि राष्ट्रवादी एक हुन जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker