आइडियारोचक

जात के हो ? थर के हो ? नेपालमा कसरी रहन गयो ?

 प्रयास

जात भनेको के हो ? हिन्दु वर्णाश्रमका आधारमा सानो–ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई जात भनिन्छ । हिन्दू वर्ण व्यवस्था अनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्दछन् । उदाहरणकालागी कोइराला, खनाल, दाहाल, शर्मा, पौडेल, कामी, दमाई र सार्की आदि जात हुन् तर जाति होइनन् ।

जात भनेको के हो ? जात शब्द ‘संस्कृत’को जात’बाट आएको हो । जातको अर्थ हुन्छ ‘जन्मिने’ या जन्म लिने । मान्छे, जनावर, किरा-फटेङग्रा जुन योनिमा जन्म लिन्छन त्यसैलाई जीवको शरिर धारण गर्ने जात (जाती) भनिन्छ । योनिको २ अर्थ हुन्छ १. महिलाको प्रजनन अंग र २.जीवले धारण गर्ने शरिर । जातले मानवकोलागी मात्र होइन त्यो सबै जीव-जन्तुको रुपलाई दर्शाउने शब्द हो । मान्छे जुन योनि (शरिर)मा जन्म लिन्छ त्यहि रुपलाई जात भनिन्छ । जाति कतिवटा हुन्छन् ? जातिमात्र ४ वटा छन् ।  बुझ्ने प्रयास गर्नुहोल !  हिमवतखण्ड, श्रीमदभागवत, स्कंदपुराणमा चार जात प्रष्टसँग जाति छुटटाईएको छ। जस्तै :- १. जरायुज = जराबाट ऊम्रियका बोटबिरूवाहरु । २. स्वईदज = पसीनाबाट ऊत्पतीहुने ऊडुस, उपीयाँ आदी । ३. अण्डज = फुल (अण्डा)बाट जन्मियका पंछीहरू किरा-फटेङग्रा आदि । ४. यौनिक = योनिबाट मैथुन (सेक्स्) गरि जन्मेका जिबजन्तु र मानिस, घोडा, गधा, हात्ती, आदि-आदि ।

जाति भनेको यहि हो । यो ४ बाहेक अरु कुनै जाति हुन्दैन । शास्त्र (धर्म ग्रन्थहरु) अनुसार मानवको कुनै जाति छैन । सबै मानव एउटै जाति ‘मानव जाति’का हुन् । आत्मालाई शरिर धारण गर्नको लागि यहि ४ वटा माध्यम चाहिन्छ । आत्मा त्यो जीव हो, जुन अमर छ । आत्मा न महिला हुन्छ, न पुरुष, न नपुंसक । आत्माले जुन शरिर धारण गर्छ त्यहि अनुसार आफ्नो पहिचान ग्रहण गर्छ । आत्मा यदि पुरुषको शरिर पायो भने त्यो पुरुष हुन्छ । यदि स्त्रीको शरिरमा गयो भने त्यो स्त्री हुन्छ । यदि नपुंसकको शरिरमा गयो भने त्यो नपुंसक हुन्छ । त्यस्तै आत्मा यदि हात्ती, कुकुर, रुख, बिरुवा, किरा, कमिलाको शरिर धारण गर्छ भने त्यो त्यहि पहिचानको साथमा जन्म लिन्छ । यहि सबैकाे जातकाे कारण हुन्छ । मानवलाई इश्वोरले सबै भन्दा धेरै महत्व दिएको छ । र, मानवलाई इश्वोरले एउटा यस्तो महत्व पूर्ण कुरा दिएको छ जसले गर्दा मानव सबै शरिर धारी जीवहरुमा सबै भन्दा उत्तम छ । त्यो महत्वपूर्ण कुरा हो ‘बुद्धि’ । हाम्रो यहि बुद्धिले हामीलाई सबै जीवहरु भन्दा भिन्न र महत्व पूर्ण बनाउन छ । हामीमा सोच्ने, सम्झिने, विचार गर्ने र त्यो विचार सहि हो कि गलत त्यसलाई तथ्य पूर्ण तरिकाले बुझी ब्यबहारमा धारण गरेर उत्तम उत्तम कार्यहरु गर्ने क्षमतामात्र हामी मानवहरुमा छ । त्यसैले सबै मानवलाई “वेद”ले भन्छ:

अर्थात् :- मानव बन्नु । जनावरको मासु खाएर जनावर न बन्नु । अहंगकर, क्रोध गरेर कहिले दानव न बन्नु । धर्म त्यागेर अधर्मलाई धारण गरेर कहिले मलेक्ष्य (निच, घटिया, अन्धबिस्वस्सी. अन्यायी, दुराचारी मान्छे) न बन्नु । यो सानो-ठुलो, दलित, बाहुन, मगर, नेवार यो सब जात होइन । यो सब शासन गर्ने, हुने खानेहरुले आफ्नो फाइदाको लागि बनाएको मुर्खता पूर्ण व्यवस्था मात्र हो । धर्म शास्त्रहरुमा यस्तो कुरालाई जात कहिँ भनिएको छैन । जात जस्तो पवित्र प्रक्रियालाई यस्तो ध्रिनात्मक कुरासंग जोडेर मानव-मानवमा भेद गराउने मानवहरु नर्क तुल्य छन् ।

मित्र हामीले कर्मको अाधारमा बनाइएको वर्ण व्यवस्थालाई न बुझेर त्यसलाई जन्मको आधारसंग जोडी दिएका छौ । त्यसैले आज हाम्रो अबुझ र ज्ञान दिन, अरुको कुरामा लाग्ने, आफै कहिले पत्ता लगाउने प्रयास नगर्ने बानिले गर्दा हामीले घरमा कुकुर पाल्छौ तर मानवलाई जात-पातको भेद-भाबले गर्दा घर बाहिर फाल्छौ । हाम्रो यस्तो कार्यले गर्दा हामी आज जनावर भन्दा पनि निच भएका छौ । हिन्दु धर्मको कुनै पनि शास्त्र उठाएर हेर्नुस कहिँ पनि भेद-भाब, उच-निच जस्ता कुराहरु भेट्नु हुन्न । भगवान श्री रामचन्द्रले सब्रीको जुठो बैर खाएर मानवलाई यो शिक्षा दिएको थिए कि ‘हेर जब मैले मानव-मानवमा भेद गर्दै न भने तिमिहरुले कसरी गर्न सक्छौ’ । श्री कृष्णले गितामा भनेका छन् कि ‘जुन हावा पानि हामी सबैले ग्रहण गर्छाै जब त्यो हावा पनिमा भेद-भाब छैन भने मानवमा कसरी भेद-भाब हुन सक्छ।’

हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। शुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गरी आजको नेपालमा हिन्दू उच्च जातीय पहाडिय आर्य–खस अहङ्कारवादमा आधारित राज्य सत्ता सञ्चालन गर्न शुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति र अर्थतन्त्रमा एक छत्र पहाडिया हिन्दू उच्च जातिय दृष्टिकोण र मूल्य मान्यता लादियो, त्यसबाट कस्तो भ्रम जन्मिन पुग्यो भने पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुन्छ, उनीहरूको मात्रै सम्मानित थर हुन्छ, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुन्छ आदि-आदि।

त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा। त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्।

त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो। कारण यही नै हो। जात अर्थात् श्रम क्षेत्र वा पेशा। यस प्रकार जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै:- कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको-कतिपयका भनाइमा हुम्ला सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यला; चर्म अर्थात् छालाको काम गर्ने चमार आदि-आदि।

थर के हो ?

थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ। नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन्। नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ।

हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। आदिबासी जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ।

थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल। ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की। ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य। घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा। ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला। च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन्। छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली। ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा। झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा।

नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो। यी तिनै जातिसमुदायभित्रका दलितको थुप्रै थरहरू र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थरहरू मिल्छन होइन बरु एउटै हुन्। त्यसैगरी प्रत्येक जातजाति समुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातहरूमा मात्र पाइने थर पनि छन्। दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन वटा कारण छन्। एक, उद्गम स्थल एउटै भएकोले जस्तै :- पौडी क्षेत्रबाट हिडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल भनी चिनियो। दुई, पद्वीसँग मिल्न गएकाले। जस्तै:- मण्डल, मिझार जस्ता पद दलित, जनजाति र मधेसका वैश्य अन्तरगतका कतिपय जातको मुखियालाई दिइन्थ्यो। त्यही पद्वी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो। र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थर चाँहि कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो। मुन्धुम स्टार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker