गण्डकीविशेष

गण्डकीमा नवनियुक्त मुख्यमन्त्रीद्वारा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

कास्की
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

उनले आफ्नै दल नेपाली कांग्रेसबाट कुमार खड्कालाई मन्त्रीमा नियुक्त गरेका छन् ।  माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारै जना विना विभागीय हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker