राजनीतिसमाचार

वाढि पहिरोका पिडितको उद्दारमा लाग्न कार्यकर्तालाई पुनर्गठित नेकपा(माओवादी केन्द्र)को निर्देशन

काठमाडौँ ।
पुनर्गठित नेकपा(माओवादी केन्द्र)ले बाढीपहिरोले देशभरको जनजीवन प्रभावित भइरहेको समयमा आफ्ना नेता कार्यकर्तालाई उद्धार तथा राहतका लागि सहयोगमा लाग्न निर्देशन दिएको छ । 

पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भबिसोर पराजुलीले पछिल्लो केहीदिन देखि भईरहेको अबिरल वर्षाका कारण देशका विभिन्न भूगागमा गएको बाढी पहिरोमा परी हराइरहेका नागरिकको सिघ्र उद्धार तथा राहतका लागि सरकार सँग आग्रह गर्नुभएको छ ।

देशका विभिन्न भूभागमा वाढी पहिरोको कारण नागरिकको ठूलो जनधनको क्षति भएपछि आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष पराजुलीले नेपाल सरकारलाई आग्रह गर्नु भएको हो ।

विज्ञप्तीमा अध्यक्ष पराजुलीले भन्नु भएको छ । वाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, बेपत्ताको खोजी गर्न तथा घाइतेको निःशुल्क स्वास्थ्यपचारको व्यवस्था गर्न समेत माग गर्नुभएको छ ।

उहाँले बाढी पहिरो प्रभावितहरुलाई राहत तथा उद्धारका लागि सक्रिय सहयोगमा जुट्न पार्टीको सम्पूर्ण नेता तथा कार्यक्रतालाई आग्रह समेत गर्नु भएकोछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker