आइडिया

महिलाको शरिरमा देखिने निलो दाग के ‘छौडां’ ले टोकेर हो ?

काठमाडौं ।
राति सुतेर बिहान उठ्दा महिलाहरुको शरिरका विभिन्न भागमा दाग देखिन्छ । त्यसपछि महिलाहरुले मेरो शरिरमा त बोक्सीले टोकेछ भन्ने गरिन्छ ।

कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चसेको भनिन्छ । बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ ।

तर यसको वास्तविकता भने बिलकुलै फरक छ । हामीले यसो भन्यौं भने यो केबल अन्धविस्वास मात्र साबित हुन्छ ।

वास्तवमा मासंपेशीमा साह्रो दबाब परेको ठाउँमा यस्तो देखिन्छ । मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्ने दाबी गरेको छ ।

मेडिकल साईन्सले जसलाई ‘ब्लिडिङ डिसअर्डर’ भनेको छ । यसलाई बोक्सी वा छौडांले टोकेको भन्दै बस्नुभन्दा चिकित्सककहाँ गएर उपचार गराउनु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker