अन्तर्राष्ट्रियमुख्य समाचार

निजी निवासमै गोली हानेर हाइटीका राष्ट्रपतिको ह त्या

एजेन्सी ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उहाँको निजी निवासमा गोली हानी ह त्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको ह त्याको पुष्टि गरेका छन् ।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए ।

उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उहाँलाई पनि दोषी मानिँदै आएको थियो । अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ ।

राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker